‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}

Authors

  • शंकरप्रसाद Shankarprasad गैरे Gaire त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा, त्रि.वि. {Tribhuvan Multiple Campus, Palpa, T.U.}

DOI:

https://doi.org/10.3126/pragyan.v7i1.55154

Keywords:

अनुभाव Experience, निष्पत्ति result, विभाव feeling, व्यभिचारीभाव adulterous feeling, शोक sadness, स्थायीभाव permanent feeling.

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत कथा परम्परागत संस्कृतिका नाममा चलिआएको कुसंस्कारका कारण नारी जातिले भोग्नुपरेका अनेक पीडा, दुःख शारीरिक तथा मानसिक यातनामा आधारित रहेको छ । मानवीय संवेदनालाई छुने प्रस्तुत कथा हृदयविदारक रहेकोले पाठकमा करुणाजन्य भावको उदय गर्न प्रस्तुत कथा सक्षम देखिन्छ । करुणाजन्य अवस्थाको अध्ययन गर्ने सिद्धान्तलाई करुण रस भनिन्छ जो संस्कृत साहित्यमा विकसित नवरसमध्येको एक हो । यस लेखमा नवरसमध्ये करुणरसको सैद्धान्तिक पर्याधारलाई र त्यसका उपकरणहरूलाई सिद्धान्तका रूपमा प्रस्तुत गरी त्यसैका आधारमा निर्दिष्ट कथाको विश्लेषण प्रस्तुत गरिएको छ । यस क्रममा भेटिएकी देवी कथामा करुण रसको निस्पत्ति कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत कथालाई करुण रसको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरी कथाको मूल्य निरूपण गरिएको छ । अध्ययनलाई सम्पन्न गर्न पहिचानात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरी प्रस्तुत कथा करुण रसको प्रस्तुतिका दृष्टिले प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

{The present research article is focused on the analysis of the 'Bhetiyeki Devi' story. The presented story is a story in the seventh order among the tweleth stories included in the Baama work of Ramlal Joshi. The presented story is based on the many pains, sufferings and physical and mental tortures that the women had to suffer due to the evil practices carried out in the name of traditional culture. Since the presented story is heartbreaking and touches human feelings, the presented story seems to be able to evoke compassionate feelings in the reader. The principle of studying the state of compassion is called Karuna Rasa which is one of the Nava Rasa developed in Sanskrit literature. In this article, the theoretical framework of Karuna Rasa and its tools are presented as principles and the analysis of a specific story is presented based on that. How has the fate of Karuna Rasa been in the story of the Bhetieki Devi in this process? Focusing on the main problematic question, the presented story has been analyzed in relation to the theoretical framework of Karun Rasa and the value of the story has been determined. In order to complete the study, it has been concluded that the presented story is effective from the point of view of the presentation of Karun Ras using the identification and analytical method.}

Downloads

Download data is not yet available.
Abstract
37
PDF
54

Downloads

Published

2023-06-13

How to Cite

गैरे Gaire श. S. (2023). ‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of ’Bhetiyeki Devi’}. Pragyan, 7(1), 42–52. https://doi.org/10.3126/pragyan.v7i1.55154

Issue

Section

Articles