भाषाशिक्षकको पेसागत विकासका कार्यक्रमको प्रभावकारिता: न्यारेटिभ विश्लेषण

Authors

  • शक्तिराज नेपाल

Keywords:

जीवन्त कहानी, न्यारेटिभ खोज, पेसागत विकास, प्रभावकारिता, भाषाशिक्षक

Abstract

यस लेखमा मैले भाषाशिक्षककै जीवन्त कथा तथा स्मरणको विश्लेषणका आधारमा भाषाशिक्षकको पेसागत विकासका कार्यक्रमको प्रभावकारिताको विश्लेषण गरेको छु । भाषाशिक्षकको पेसागत विकासका लागि गरिएका कार्यक्रमहरूको प्रभावकारितासम्बन्धी भाषाशिक्षककै जीवन्त अनुभवको खोज तथा विश्लेषण गर्नु नै यस अध्ययनको उद्देश्य राखेको छु । नेपाल सरकारले विभिन्न चरणमा शिक्षकको पेसागत आधारभूत तथा पुनर्ताजगी तालिम, गोष्ठी, कार्यशालालगायत विभिन्न कार्यक्रमहरू विशिष्टीकृत गरेर तालिम प्रदान गरेको छ । उक्त कार्यक्रमसँग सम्बन्धित शिक्षककै अनुभवको विश्लेषण गर्न उत्तरआधुनिकतावादी दार्शनिक आधार तथा गुणात्मक अध्ययन पद्धतिअन्तर्गत न्यारेटिभ खोजको ढाँचालाई अपनाएको छु । गहन अन्तरवार्तामार्फत् सामुदायिक विद्यालयको प्राथमिक तहका दुईजना नेपाली भाषाशिक्षकको जीवन्त कहानीलाई सङ्कलन गरेको छु भने उक्त कहानीलाई लिखतमा उतारेपछि कोडिङ् तथा थिमेटिक विश्लेषण गरेको छु । शिक्षकका जीवन्त अनुभवलाई पेसागत विकासका तालिमको प्रभावकारिताको वर्तमान अवस्था, कक्षाकोठामा देखिएको प्रभाव, चुनौती तथा समाधानार्थ प्रयास जस्ता कुरालाई मुख्य रूपमा थिमेटिक आधार बनाई विश्लेषण गरेको छु । उक्त विश्लेषणअनुसार भाषाशिक्षकले तालिम लिएपश्चात् शिक्षणमा कहीँ न कहीँ प्रभाव परेको, विद्यार्थीको विविधतालाई सम्बोधन गर्ने चुनौती देखिएको, कक्षाकोठामा देखिएको बहुभाषिकताका कारण कक्षाकोठा व्यवस्थापनमा सुधार गर्न नसकिएको, शिक्षकलाई अझै उत्पे्ररणा र वृत्ति विकासका कार्यक्रम निरन्तर प्रदान गरिराख्नुपर्ने जस्ता प्रतिक्रिया पाएको छु । प्रस्तुत अध्ययनबाट शिक्षकको विकासका लागि प्रदान गरिने कार्यक्रमको प्रभावकारिताको मूल्याङ्कन गर्न तथा उक्त मूल्याङ्कनबाट शिक्षकको विकासका थप कार्यक्रमको तय गर्न एवम् योजनालाई हेरफेर गर्न पनि सहयोग पुग्ने भएकाले यस लेखको उपयोगिता रहेको देखिन्छ ।

Abstract
214
PDF
0

Downloads

Published

2024-04-08

How to Cite

भाषाशिक्षकको पेसागत विकासका कार्यक्रमको प्रभावकारिता: न्यारेटिभ विश्लेषण. (2024). Pragyaratna प्रज्ञारत्न, 6(1), 31-41. https://doi.org/10.3126/pragyaratna.v6i1.64531

Issue

Section

Articles

How to Cite

भाषाशिक्षकको पेसागत विकासका कार्यक्रमको प्रभावकारिता: न्यारेटिभ विश्लेषण. (2024). Pragyaratna प्रज्ञारत्न, 6(1), 31-41. https://doi.org/10.3126/pragyaratna.v6i1.64531