वर्णविन्यासगत समस्या र यसको समाधान

Authors

  • दावा शेर्पा

DOI:

https://doi.org/10.3126/pragyaratna.v6i1.64546

Keywords:

कार्यमूलक, कार्यमूलक,वर्तनी, शैक्षणिक व्याकरण, सार्वभौम व्याकरण

Abstract

प्रस्तुत वर्णविन्यासगत समस्याको शोध लेख गुणात्मक अध्ययन ढाँचको द्वितीय स्रोतमा आधारित रहेको छ । नेपाली भाषा शिक्षण सिकाइमा वर्णविन्यासगत त्रुटिका प्रश्नहरूमा उठेका समस्याको समाधानमा केन्द्रित गर्नु नै यस लेखको प्राज्ञिक उद्देश्य रहेको छ । प्रस्तुत लेखमा ह्रस्व/दीर्घ, ब/व, पञ्चम वर्ण, शिरविन्दु/चन्द्रविन्दु, हलन्त/अजन्त, पदयोग/पदवियोगजस्ता समस्याको विश्लेषण गरिएको छ । नेपाली भाषाको शुद्घशुद्घिमा तत्सम, तद्भव र आगन्तुक शब्दका आ–आफ्नै वर्णविन्यासगत नियम हुन्छ । तत्सम शब्द (वीज/बीज, विना/बिना), तद्भव शब्द (दश/दस, दुबै/दुवै), आगन्तुक शब्द (लिम्बु/लिम्बू, खुसी/खुशी), हलन्त र अजन्त शब्द (भरपाइ/भर्पाइ, खरदार/खर्दार), ह्रस्व र दीर्घ (ठुलो/ठूलो, मुजुर/मयूर), क्रियाविशेषण शब्द(ढलीमली, झिलिमिली), मिलित क्रिया (गरिरहनु/गरी रहनु/गरि रहनु) जस्ता विवादस्त हिज्जेमा एक रूपता गर्नुपर्ने छ । तद्भव र आगन्तुक शब्दको अगाडि र बिचको इकार र उकार ह्रस्व लेखिन्छ भने तत्सम शब्दादिमा इकार र उकार ह्रस्व लेखिने तथा इकार र उकार दीर्घ लेखिने तत्सम शब्दकोे वर्णविन्यासको अध्ययन गरिएको छ । ‘ब’ र ‘व’ तथा पञ्चम वर्णको उच्चारण अनुस्वारमा वैकल्पिक शिरविन्दु र अनुनासिक स्वरमा चन्द्रविन्दुको प्रयोग गर्ने तथा पदयोग र पदवियोगको वर्णविन्यासगत प्रयोगको अध्ययन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
30

Downloads

Published

2024-04-08

How to Cite

शेर्पा द. (2024). वर्णविन्यासगत समस्या र यसको समाधान. Pragyaratna प्रज्ञारत्न, 6(1), 140–145. https://doi.org/10.3126/pragyaratna.v6i1.64546

Issue

Section

Articles