नेपाली शिक्षाका विद्यार्थीको आलोचनात्मक लेखनका प्रभावक तत्त्व: एक न्यारेटिभ खोज

Authors

  • शक्तिराज नेपाल

Keywords:

आलोचनात्मक लेखाइ, भाषिक अन्तरक्रिया, व्यक्तिविशेष दृष्टिकोण, सहभागीको शक्ति सम्बन्ध, शिक्षककेन्द्रित भूमिका

Abstract

प्रस्तुत लेख नेपाली भाषा शिक्षाका विद्यार्थीको आलोचनात्मक लेखनमा पार्ने प्रभावक तत्त्वको विश्लेषण गर्ने विषयमा केन्द्रित छ । नेपाली भाषा शिक्षाका विद्यार्थीको आलोचनात्मक चेतको विकास तथा सोसम्बन्धी अभ्यासले आलोचनात्मक सोचाइ, पठन र लेखनसम्मका गतिविधिमा पार्ने प्रभावक तत्त्वलाई न्यारेटिभ खोजका आधारमा विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । आलोचनात्मक अनुसन्धानको प्रतिमान तथा न्यारेटिभ खोजको ढाँचामा आधारित प्रस्तुत अध्ययनमा अन्तर्वार्ता विधिका माध्यमले तथ्याङ्क सङ्कलन गरिएको तथा आलोचनात्मक चेतको अनुभव र विकास, शिक्षक विद्यार्थी अन्तरक्रिया, सामाजिक सांस्कृतिक सन्दर्भ, सहभागीको शक्ति सम्बन्ध (अधिकार, आवाज र विषय) जस्ता थिमहरूमा आधारित भई विश्लेषण गरिएको छ । उक्त ढाँचामा अध्ययन गर्दा भाषा शिक्षाको कक्षाकोठामा प्रयोग भएको भाषाले शक्तिशाली भूमिका खेल्ने, शिक्षकको नियन्त्रणमा विषयवस्तु, शीर्षक चयन, गतिविधि तथा क्रियाकलाप निर्धारण, निष्कर्ष निर्माण, हरेक कुराको व्याख्या, वर्णन तथा मूल्याङ्कनमा पनि शिक्षकको नै आग्रहपूर्ण भूमिका रहने भएकाले विद्यार्थीको आलोचनात्मक लेखाइमा प्रभाव पर्दछ । विद्यार्थीको सामाजिक, सांस्कृतिक सम्बन्ध तथा शिक्षक विद्यार्थी अन्तरक्रियाले पनि आलोचनात्मक लेखाइमा प्रभाव पार्दछ । विद्यार्थीको भाषिक, सामाजिक, सांस्कृतिक शक्तिको भूमिकाका कारण क्रियाकलापमा पनि वर्गीय तथा पहिचानविशेष प्रभाव पर्दछ । वस्तुतः विद्यार्थीले आफ्नो दृष्टिकोणभन्दा साझा दृष्टिकोणमा विश्वास गर्नुपर्ने भएकाले उनीहरूको आलोचनात्मक सोचाइ, पठन तथा लेखाइसमेतलाई प्रभाव पर्ने निष्कर्ष देखिन्छ । उक्त किसिमको प्रभावक तत्त्वको अध्ययन गरी भाषा शिक्षाका विद्यार्थीको आलोचनात्मक लेखाइ सिपको विकासमा भूमिका खेल्नका लागि प्रस्तुत लेखको उपयोगिता रहेको देखिन्छ ।

 

Abstract
276
PDF
1

Downloads

Published

2024-10-24

How to Cite

नेपाली शिक्षाका विद्यार्थीको आलोचनात्मक लेखनका प्रभावक तत्त्व: एक न्यारेटिभ खोज. (2024). Pragyaratna प्रज्ञारत्न, 6(2), 287-295. https://doi.org/10.3126/pragyaratna.v6i2.70587

Issue

Section

Articles

How to Cite

नेपाली शिक्षाका विद्यार्थीको आलोचनात्मक लेखनका प्रभावक तत्त्व: एक न्यारेटिभ खोज. (2024). Pragyaratna प्रज्ञारत्न, 6(2), 287-295. https://doi.org/10.3126/pragyaratna.v6i2.70587