स्नातक तहको अनुसन्धान विधि पाठ्यांश प्रति शिक्षकको दृष्टिकोण

Authors

  • सृजना देवी खड्का

Keywords:

अङ्ग, अध्ययनीय, पाठ्यांश, सन्तुष्टि, सरोकार

Abstract

प्रस्तुत लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत सञ्चालित चार बर्से बि. एड्को पाठ्यांश (२०७५) को संरचनाअनुसार नेपाली शिक्षा विशिष्टीकरणका पाठ्यांशमध्ये अनुसन्धान विधि (ने.पा.शि. ४४५) मा केन्द्रित भएर यस विषयप्रति शिक्षकको दृष्टिकोण पत्ता लगाउने उद्देश्यले तयार पारिएको हो । यसमा उपत्यकाभित्र र बाहिरका आङ्गिक र सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा प्राध्यापन गर्ने २० जना शिक्षकलाई मात्र नमुनाको रूपमा लिएको छ । यो पाठ्यांशप्रति शिक्षकको धारणा पहिचान गरी यस पाठ्यांशको सैद्धान्तिक र कार्यान्वयन अवस्था जानकारी गराउनु यस अध्ययनको मुख्य समस्या हो । यसमा पोस्टपोजिटिभ प्याराडाइम ढाँचामा आबद्ध रही अर्धसंरचनात्मक प्रकृतिका केही बन्द प्रश्नावली निर्माण गरी स्थलगत भ्रमण र केही टेलिफोनमा अन्तर्वार्ता विधिको प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको छ । यस अध्ययनको प्राप्तिअनुसार यो विषय समय सान्दर्भिक छ भन्ने धारणामा सबै भन्दा धेरै १०० प्रतिशत अभिमत प्राप्त भएको छ । कक्षाकोठामा विद्यार्थीको सिकाइ क्रियाकलापमा सहभागिताप्रति केही सन्तुष्ट छु भन्ने धारणामा पनि १०० प्रतिशत अभिमत प्राप्त भएको छ। पाठ्यांशमा उल्लेखित सन्दर्भ पुस्तक केही प्राप्य छन् भन्ने धारणामा ९० प्रतिशत अभिमत परेको छ। । अध्ययनपत्र मूल्याङ्कन अङ्कभारप्रतिको धारणा लिँदा केही उपयुक्त छ भन्ने धारणामा ५० प्रतिशत अभिमत परेको छ भने  अनुपयुक्त छ भन्नेमा २० प्रतिशत अभिमत परेको छ। । अन्य धारणालाई हेर्दा धेरैजसो मध्यम र केही उपयुक्त छ भन्नेमा अभिमत देखिएको छ । पाठ्यक्रमलाई बाटो देखाउने गाइडको रूपमा लिने भएकाले समय सान्दर्भिक मानिएको अनुसन्धान विधि पाठ्यांशमा कमजोर देखिएका पक्षलाई समेटी केही परिमार्जन गर्नुपर्ने देखिएको छ । पाठ्यांश निर्माण कार्यमा संलग्न विषयविज्ञ तथा सरोकारवालालाई यस अध्ययनले सहयोग पुग्ने देखिएको छ ।

Abstract
207
PDF
1

Downloads

Published

2024-10-24

How to Cite

स्नातक तहको अनुसन्धान विधि पाठ्यांश प्रति शिक्षकको दृष्टिकोण. (2024). Pragyaratna प्रज्ञारत्न, 6(2), 308-318. https://doi.org/10.3126/pragyaratna.v6i2.70596

Issue

Section

Articles

How to Cite

स्नातक तहको अनुसन्धान विधि पाठ्यांश प्रति शिक्षकको दृष्टिकोण. (2024). Pragyaratna प्रज्ञारत्न, 6(2), 308-318. https://doi.org/10.3126/pragyaratna.v6i2.70596