भाषिक मूल्याङ्कनमा विश्वव्यापीकरणको सान्दर्भिकता

Authors

  • Shrijana Devi Khadka Mahendra Ratna Campus

DOI:

https://doi.org/10.3126/pragyaratna.v7i1.84875

Keywords:

उपलब्धि, प्रभावकारिता, प्रशस्त, विश्वव्यापीकरण, सन्तुलन, सान्दर्भिकता

Abstract

शिक्षाको गुणस्तर मापन गर्नका लागि मुल्याङ्कन महत्वपुर्ण माध्यम हो । शैक्षिक मूल्याङ्कन शिक्षण सिकाइ क्रियाकलापसँग सम्बन्धित भई निरन्तर चलिरहने प्रक्रिया हो । भाषिक मूल्याङ्कनले विद्यार्थीको भाषा सिकाइ प्रवृत्तिको निरन्तर लेखाजोखा गर्दै गल्ती सुधार गरी अगाडि बढ्न हौसला प्रदान गर्दछ । प्रस्तुत अध्ययन भाषिक मूल्याङ्कन प्रक्रियाको प्रयोग र प्रभावको स्थिति खोजी गर्ने समस्यामा केन्द्रित भई भाषिक मूल्याङ्कनको सान्दर्भिकताप्रति विषय शिक्षकको अनुभवको खोजी गर्ने उद्देश्यमा आधारित छ । यसमा गुणात्मक ढाँचाको अवलम्बन गरिएको छ । यो अध्ययन सामुदायिक विद्यालयका माध्यमिक तहमा शिक्षण गर्ने नेपाली विषय शिक्षकको अनुभव लिई भाषिक मूल्याङ्कनको सान्दर्भिकता पहिचानमा आधारित छ । यस अध्ययनमा सुविधा सम्पन्न ठाउँका विद्यालय र सुविधाबाट वञ्चित विद्यालयमा अध्यापन गराउने नेपाली विषय शिक्षकलाई उद्देश्यपूर्ण नमुना छनोट गरिएको छ । यसका लागि केन्द्रित समूह छलफल र गहिरो अन्तर्वार्ताको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिलाई जोड दिएर कक्षाकार्यकलापमा नै प्रशस्त भाषिक सिप वृद्धिका अवसर निर्माण गर्न‘पर्छ । नेपाली भाषा शिक्षणको पाठ्यक्रमले मापन गर्न खोजेका विषयवस्तु समय सान्दर्भिक भए तापनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीका रूपमा देखिएको पाइन्छ । प्रयोगात्मक मूल्याङ्कनको प्रभावकारिता वृद्धि गर्न प्रविधिमा सबैको समान पहुँच निर्माण गर्न‘पर्ने, योजनाबद्ध परीक्षण गरी परीक्षणमा विश्वसनीयता र वैधता कायम राख्नु पर्ने अनि शिक्षक र विद्यार्थी अनुपात मिलाउनु पर्ने निष्कर्ष निकालिएको छ । यसका लागि अभिभावकलाई सचेत गराई नियमित विद्यालय उपस्थित हुनुपर्ने नीतिगत प्रावधानलाई सफल कार्यान्वयन गर्न जोड दिनुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-24

How to Cite

Khadka, S. D. (2025). भाषिक मूल्याङ्कनमा विश्वव्यापीकरणको सान्दर्भिकता. Pragyaratna प्रज्ञारत्न, 7(1), 136–141. https://doi.org/10.3126/pragyaratna.v7i1.84875

Issue

Section

Articles