माध्यमिक तहमा वाक्य रचना शिक्षणको आवश्यकता र प्रयोग

Authors

  • Krishna Raj Dhakal Mahendraratna Campus
  • Shree Ram Neupane g]kfnL ljefu, cf/ cf/ SofDk;
  • Sirjana Ghimre g]kfnL lzIff ljefu, dª\un ax'd'vL SofDk;,
  • Dambar Pun cg'udg lgb]{zgfno, lqlj, sLlt{k'/
  • Ashok Yadav g]kfnL lzIff ljefu, l;/fxf ax'd'vL SofDk;,

DOI:

https://doi.org/10.3126/pragyaratna.v7i1.84877

Keywords:

वाक्य रचना शिक्षण, बहुभाषिक कक्षाकोठा, मातृभाषा हस्तक्षेप, त्रुटि सुधार रणनीति, सम्प्रेषणीय दक्षता

Abstract

प्रस्तुत अध्ययन माध्यमिक तहमा वाक्य रचना शिक्षणको आवश्यकता, प्रभावकारिता र प्रयोग अभ्यासको मूल्याङ्कनमा केन्द्रित छ । भाषा मानव जीवनको मूल सम्प्रेषण माध्यम हो र वाक्य त्यसको संरचनात्मक आधारशिला हो । यस अध्ययनले विद्यार्थीलाई शुद्ध, सुसम्बद्ध र अर्थपूर्ण अभिव्यक्ति गर्न सक्षम बनाउने वाक्य रचना शिक्षणको महत्त्वलाई स्पष्ट पार्न खोजेको छ । गुणात्मक अनुसन्धान दृष्टिकोणमा आधारित यस अध्ययनमा अन्तर्वार्ता, कक्षा अवलोकन, समूह छलफल र दस्तावेज विश्लेषण विधिहरू प्रयोग गरिएका हुन् । अध्ययनमा काठमाडौँ उपत्यकाका तीन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी सहभागी थिए । अध्ययनको निष्कर्ष अनुसार वाक्य रचना शिक्षण प्रायः परम्परागत व्याकरणमुखी अभ्यासमा केन्द्रित छ, जसले विद्यार्थीको भाषिक आत्मविश्वास र सृजनात्मकता सीमित बनाएको छ । तथापि शिक्षकहरूले संवाद, भूमिकानाट्य, सृजनात्मक लेखन र दृश्य श्रव्य सामग्रीको प्रयोगमार्फत प्रयोगमुखी र विद्यार्थी केन्द्रित शिक्षण अभ्यास अवलम्बन गर्न थालेका छन् । बहुभाषिक कक्षाकोठामा मातृभाषा हस्तक्षेप, लिङ्ग वचन असङ्गति र सन्दर्भअनुकूल प्रयोग चुनौतीपूर्ण देखिएको छ । अध्ययनले प्रत्यक्ष, सहकार्यात्मक र अप्रत्यक्ष त्रुटि सुधार विधिको संयोजन, दृश्य श्रव्य माध्यम र अनुभव आधारित अभ्यासमार्फत वाक्य रचना शिक्षणलाई प्रभावकारी बनाउन सकिने देखाएको छ । निष्कर्षतः वाक्य रचना शिक्षणलाई केवल नियममुखी अभ्यासमा सीमित नराखी सन्दर्भअनुकूल, प्रयोगमुखी र बहुभाषिक सन्दर्भसँग जोड्दा विद्यार्थीको सम्प्रेषणीय दक्षता, आत्मविश्वास र सृजनात्मकता सुदृढ हुन्छ । शैक्षिक दृष्टिले यो अध्ययन शिक्षक, पाठ्यव्रmम निर्माता र भाषा शिक्षण अनुसन्धानकर्ताका लागि महत्वपूर्ण मार्गदर्शक सावित हुन सक्छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-24

How to Cite

Dhakal, K. R., Neupane, S. R., Ghimre, S., Pun, D., & Yadav, A. (2025). माध्यमिक तहमा वाक्य रचना शिक्षणको आवश्यकता र प्रयोग. Pragyaratna प्रज्ञारत्न, 7(1), 142–147. https://doi.org/10.3126/pragyaratna.v7i1.84877

Issue

Section

Articles