नेपाली भाषामा प्रयुक्त लैङ्गिक विभेदक उखान {Gender discriminatory proverbs used in Nepali language}

Authors

  • भागीरथा Bhagiratha न्यौपाने Neupane Sanothimi Campus, TU, Bhaktapur सानोठिमी क्याम्पस, भक्तपुर

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50109

Keywords:

अवमूल्यनगत उखान, लोकोक्ति, लैङ्गिकता, आक्षेपयुक्त उखान, हिंसाप्रेरित उखान, Devaluing proverbs, Aphorism, Sexuality, Defaming proverbs, Violence inclining proverbs

Abstract

लैङ्गिक विभेद जनाउने, महिलालाई होच्याउने, हिंसात्मक प्रकृतिका उखानहरू लैङ्गिक विभेदक उखान हुन् । विभेदकारी उखानहरू अभिधात्मक मात्र नभई लाक्षणिक र व्यञ्जनात्मक आदि प्रकारका पनि हुने भएकाले अभिव्यक्तिको सन्दर्भ, आशय तथा प्रसङ्गबाट अर्थ पहिल्याउनुपर्ने हुन्छ । यस लेखमा हाम्रो समाजमा प्रचलित लैङ्गिक विभेदक उखान, टिप्पणी, अभिव्यक्ति आदिलाई नारीवादी दृष्टिकोणबाट विश्लेषण गर्ने उद्देश्य राखिएको छ । उक्त उद्देश्य प्राप्तिका लागि नेपाली लोकजीवनमा प्रयोग प्रचलनमा रहेका लैङ्गिक विभेद जनाउने केही उखानहरूको उद्देश्यपूर्ण तरिकाले नमुना छनोट गरिएको छ । बोलीचालीका क्रममा प्रयोग गरिने लैङ्गिक विभेदयुक्त उखानलाई प्राथमिकस्रोत मानी सङ्कलित तथ्यलाई नारीवादी दृष्टिकोणका आधारमा गुणात्मक विधि अनुरूप आलोचनात्मक विश्लेषण गरिएको छ । नेपाली समाजमा विभेदक भनाइहरू तथा उखान, टुक्कालगायतका विविध भाषिक टिप्पणीहरूमा पितृसत्तात्मक सोच प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हालसम्म पनि रही आएको पाइन्छ । यस्ता भनाइहरूलाई कथ्य र लेख्य दुवै रूपमा हटाई समतामूलक समाज निर्माण गर्नका लागि भाषिक प्रयोक्ता सचेत हुन आवश्यक देखिन्छ । यसैगरी पठनपाठनका क्षेत्रमा पाठ्यक्रम र पाठ्यपुस्तकहरू निर्माण गर्दा पनि लैङ्गिक विभेद जनाउने भाषालाई निरुत्साहित गरिनुपर्छ ।

{Proverbs/aphorisms indicating gender discrimination, devaluing women or with nature of provoking violence towards women are gender discriminatory proverbs. As proverbs are not only literal but also metaphorical and figurative, their meanings are to be inferred connotatively, taking into consideration the intention of the speaker and the context of the expression. In this article, it is intended to analyze the gender discriminatory proverbs, aphorisms, sayings, comments etc. prevalent in our society from a feminist point of view. In order to achieve this objective, some sample proverbs found in Nepali folk life indicating gender discrimination have been selected purposefully. Based on the selected discriminatory proverbs used during normal discourses in different parts of Nepal as primary source, they are critically analyzed according to the qualitative method from feminist points of view. Direct or indirect traces of patriarchal thinking is reflected in those discriminatory proverbs, aphorism, sayings, or linguistic commentaries. Language users are to be cautious and avoid such languages in both oral as well as written forms so as to create equity and equality in our society. Similarly, the language denoting gender discrimination should be discouraged while preparing school curricula and textbooks.}

Downloads

Download data is not yet available.
Abstract
7
PDF
5

Author Biography

भागीरथा Bhagiratha न्यौपाने Neupane, Sanothimi Campus, TU, Bhaktapur सानोठिमी क्याम्पस, भक्तपुर

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-12-15

How to Cite

न्यौपाने Neupane भ. B. . (2022). नेपाली भाषामा प्रयुक्त लैङ्गिक विभेदक उखान {Gender discriminatory proverbs used in Nepali language}. Prajna प्रज्ञा, 123(1), 1–12. https://doi.org/10.3126/prajna.v123i1.50109

Issue

Section

Articles