खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन {Linguistic Study of Niskar Archival of Khash Regi}

Authors

  • यमनाथ Yam Nath तिमिल्सिना Timilsina P. N. Campus, TU. Pokhara पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50110

Keywords:

हिलपानी, अकर, उइडो, धुलस्याउली, मोड, hilpani, moda, aakar, uido, dhansyauli

Abstract

‘खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन’ शीर्षकको यो आलेख भाषिक कोणबाट अघि बढाइएको छ । खसहरूको नेपाल आगमन, खस साम्राज्यको स्थापना, शासकहरूले भूमिदान गर्दा कर मिनाहा गरेको प्रसङ्गका साथै ‘छत्तीसी–बत्तीसी’ करहरूको खोजी गर्दै प्रत्येक करलाई नेपाली पाठकसामु चिनाउने कार्यमा यो आलेख केन्द्रित रहेको छ । पुस्तकालयबाट आवश्यक द्वितीयक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको उपयोग गर्दै नेपाली भाषा र भाषिकाका विज्ञसँग प्राचीन भाषाका  बारेमा छलफल गरेर आलेखलाई पूर्णता दिइएको हो । नागराजसहित खस जातिका मानिसहरू तिब्बतको खारी प्रदेश वा मानसरोवर क्षेत्रबाट पश्चिम नेपालको सिंजा उपत्यकामा आई बसोवास गरेका र तिनै नागराजले सिंजालाई केन्द्र बनाई वरपरका राज्य कब्जा गरेर खस साम्राज्यको स्थापना गरेको प्रसङ्गलाई देखाइएको छ । जनसाधारणले बोल्ने खस भाषालाई खस शासकहरूले राजकीय मान्यता दिएर अभिलेखमा सामेल गरेको उल्लेख गर्दै खस साम्राज्यका मातहतमा विभिन्न भौगोलिक तथा प्रशासनिक विभेद रहेको तथ्य प्रस्तुत गरिएको छ । भुरेटाकुरे राज्यका रजौटादेखि सामन्त तथा महासामन्तहरूले प्रजा वर्गलाई कृषि पद्धतिमा आधारित विभिन्न कर (उइडो, कुडिदाम, गडाली, घुराली, मोड, रुवो, रोपाइरो आदि) लगाई राज्यभोग गरेको यथार्थलाई यहाँ समेटिएको छ । अध्ययनको मूल सामग्री राजनीतिको ऐतिहासिक, भाषिक तथा समाजशास्त्रीय हुँदाहुँदै पनि यो आलेख अन्य कोणबाट अध्ययन नगरी भाषिक अध्ययनमा केन्द्रित गरिएको छ । खस साम्राज्यका शासकले ब्राह्मबिर्ता, कुशबिर्ता आदि प्रदान गर्दा चार किल्ला तोकी उक्त भूमिमा कुनै कर नलाग्ने भनी निष्कर अभिलेखनमा समावेश गरेका करहरूलाई एकत्रित गरी नेपाली वर्णानुक्रममा राखेर उक्त करहरूलाई भाषिक कोणबाट अनुशीलन गरी अध्ययनको उपलब्धितथा निष्कर्ष दिइएको छ ।

{This research article entitled, ‘Linguistic Study of Niskar Archival of Khash Regime’ is preceded from the perspective of language. It is mainly concerned with the arrival of Khash in Nepal, establishment of Khash kingdom, provision of tax-free from feudal with reference to land donation including ‘thirty six-thirty two’ and searching all kinds of taxes practised during Khash regime to introduce Nepali readers. Utilizing deductive and explanatory methods and consulting withthe experts of Nepali language and literature and discussing about ancient language it has been completed. Khash people including Nagraj have come and settled in Sinja valley of western Nepal from Khara province of Tibet or Manssrobar area. That Nagraj has captured the kingdoms of nearby territory of Sinja and established Khash regime. The rulers have accepted the language of general public as language of kingdom. This article also includes the fact concerning differences existed in geographical and administrative structures of Khash regime. There were differences in term of agricultural practices imposed byrulers such as uido, khudin, gadali, ghasarali, moda, rubo, ropairo, etc. Although the main source of the study is political, historical, linguistic, and sociological, this article is not studied from other perspectives and focused on the perspective of language and linguistic study. In Niskar archive the rulers of Khash regime while donating brahmabirta, kushbirta and other land are found to have declared not to impose taxes marking demarcation of the area. Including all kinds of taxes mentioned in Niskar archival and arranging them in Nepali alphabetical order and studied and its significance and conclusion are mentioned.}

Downloads

Download data is not yet available.
Abstract
1
PDF
3

Author Biography

यमनाथ Yam Nath तिमिल्सिना Timilsina, P. N. Campus, TU. Pokhara पृथ्वीनारायण क्याम्पस, पोखरा

सहप्राध्यापक Associate Professor

Downloads

Published

2022-12-15

How to Cite

तिमिल्सिना Timilsina य. Y. N. . (2022). खस साम्राज्यका निष्कर अभिलेखनको भाषिक अनुशीलन {Linguistic Study of Niskar Archival of Khash Regi}. Prajna प्रज्ञा, 123(1), 13–26. https://doi.org/10.3126/prajna.v123i1.50110

Issue

Section

Articles