ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतको भावविधान {The sentiment of folk songs Practised in Tamkemaeung Area}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50111Keywords:
लाहुरे संस्कृति, सांस्कृतिक प्रतिबिम्बन, सामाजिक अनुभूति, भावविधान, वैयक्तिक अनुभूति, Cultural reflection, Emotion, Personal feeling, Social feelingAbstract
‘ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतको भावविधान’ शीर्षकमा रहेको यस लेखमा सो क्षेत्रमा प्रचलनमा रहेको लोकगीतको भाव विश्लेषण गरिएको छ । कुनै पनि साहित्यिक कृतिको भाव वा विचार भनेको त्यस कृतिको अन्तर्वस्तु वा त्यसको कथ्य हो । गीतको भाव वा विचारले यसमा रहेको विषयवस्तुको अनुभूतिजन्य वा वैचारिक तहको अवस्थालाई बुझाउँछ । लोकगीतमा विषयका फैलावट हेर्दा यस्तो फैलावट कि त कुनै व्यक्तिका भावनामा सीमित हुन्छ कि त सामाजिक विषयमा फैलिएको हुन्छ । त्यसैले अनुभूतिगत ढाँचाका आधारमा लोकगीत वैयक्तिक र सामाजिक गरी दुई प्रकारका हुन्छन् । वैयक्तिक अनुभूति भएका गीतमा आत्मकेन्द्रित/अन्तर्मुखी अनुभूतिको भावनात्मक अभिव्यक्ति हुन्छ भने सामाजिक अनुभूति भएका गीतमा बहिर्मुखी अनुभूति र मानवीय जीवन वा समाजका मार्मिक पक्षको प्रस्तुति हुन्छ । ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतको भाव विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यो लेख तयार पार्न सामग्री सङ्कलनका क्रममा प्राथमिक सामग्रीका रूपमा ट्याम्केमैयुङ क्षेत्रमा प्रचलनमा रहेका लोकगीतका खोजी क्षेत्रीय अध्ययन विधिबाट गरिएको र सैद्धान्तिक विषयका द्वित्तीयक सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ । गीतको विश्लेषण गर्न विश्लेषणात्मक विधिको प्रयोग भएको छ र गीतको भावविधान सम्बन्धी मान्यताका आधारमा ट्याम्केमैयुङका गीतको विश्लेषण गरिएको हुनाले यहाँ निगमन विधिको पनि प्रयोग भएको छ । ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतहरू वैयक्तिक र सामाजिक अनुभूति भएका गरी दुवैखालका रहेका छन् । यहाँका वैयक्तिक अनुभूति भएका गीतमा मायाप्रेमका मिलन र विछोडका विविध सन्दर्भहरू अभिव्यक्त भएका छन् । यी गीतहरूमध्ये धेरै गीतहरूको विषयवस्तु समाजको सिङ्गो व्यवस्था र लोकसमाजको सामूहिक भावनासँग सम्बन्धित रहेको हुनाले यी गीतमा सामाजिक अनुभूति रहेको छ । यहाँ सामाजिक अनुभूति भएका गीतहरू तुलनात्मक रूपमा सशक्त रहेका छन् र तिनले ग्रामीण जनजीवनका सामूहिकता, आपसी सम्बन्ध र सांस्कृतिक सद्भाव जस्ता विविध गतिविधिलाई प्रतिबिम्बित गरेका छन् । यहाँका लोकगीतमा ग्रामीण जीवनका दैनिक भोगाइका विविध पक्षहरू, सामाजिक संरचना र यसका प्रभाव तथा लाहुरे संस्कृति र यसले निर्माण गरेको जीवनशैली अभिव्यक्त गर्छन् ।
{In this article titled "The Meaning of Popular Folk Song in Tamkemaiung Region "the meaning of popular folk song in that area is analyzed. The feeling or idea of any literary work is the content of that work or its narrative. The feeling or idea of the song refers to the emotional or conceptual level of the content in it. Looking at the spread of topics in folk songs, such spread is either limited to the feelings of a person or it spreads to social issues. Therefore, based on the perceptual structure, folk songs are of two types, personal and social. In songs with personal feelings, there is an emotional expression of self-centered/introverted feelings, while in songs with social feelings; there is an extroverted feeling and presentation of the poignant aspects of human life or society. The purpose of this article is to analyze the sense of popular folk songs in Tamkemaiung area. In order to prepare this article, as the primary material, folk songs popular in Tamkemaeung area have been searched through the regional study method and the secondary material of theoretical subjects has been collected from the library. Analytical method has been used to analyze the song, and since Tamkemyung's song has been analyzed based on the sentiments of the song, the incorporation method has also been used here. Popular folk songs in Tamkemaiung area are both personal and social in nature. Various contexts of union and separation of love have been expressed in these songs with personal feelings. Since the theme of many of these songs is related to the whole system of society and the collective spirit of the people, there is a social feeling in these songs. Here the songs with social feeling are comparatively strong and they have reflected various activities like collectivity, mutual relations and cultural harmony of rural life. Folk songs here express the various aspects of daily life in rural areas, social structure and its effects and Lahure culture and the lifestyle created by it.}
Downloads
1
1