मोटेल अमेरिका उपन्यासमा डायस्पोरा चेतना {Diaspora Consciousness in Motel America}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50113Keywords:
सीमान्तीकरण, एकतासूत्र, डायस्पोरा, अतीतमोह, अल्पसङ्ख्यक, इच्छित भूमिAbstract
प्रस्तुत लेख राजव पुडासैनीद्वारा लेखिएको २०६७ सालमा साझा प्रकाशनबाट प्रकाशित ‘मोटेल अमेरिका’ उपन्यासमा डायस्पोरा चेतनाको खोजीमा केन्द्रित छ । डायस्पोरा स्वदेश छोडी परदेश गएका व्यक्तिहरूका पीडा सँगालेर लेखिएको लेखन हो । डायस्पोरा लेखनमा स्वदेशको सम्झना, परम्परा, संस्कृति र समुदायको झझल्को तथा परदेशको रोमाञ्च अनुभूति र पीडादायी क्षणहरूको प्रस्तुति गरिएको हुन्छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्री उपयोग गरिएको यस लेखमा प्राथमिक सामग्रीमा राजवको मोटेल अमेरिका उपन्यास र द्वितीय सामग्रीमा सैद्धान्तिक पुस्तक, अनुसन्धानात्मक लेख, संस्मरण तथा वेभसाइडको प्रयोग गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषणका क्रममा निगमनात्मक विधिको प्रयोग गरी उपन्यासका साक्ष्यहरूका आधारमा पुख्र्यौली भूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तकृत हुनुको पीडा, परादेशीय हुनुको रोमाञ्च, अस्तित्वबोधका लागि एकसूत्रताको खोजी एवं अतीतमोह जस्ता आधारहरूमा उपन्यासमा डायस्पोरा चेतना खोजी गरिएको छ । प्रस्तुत उपन्यासमा काम र मामका लागि थातथलो छोड्नुपर्ने आम शिक्षित बेरोजगार नेपालीहरूको प्रतिनिधि पात्र ऊ (राम शर्मा कँडेल) को अमेरिका बसाइँ एवं विगतमा काठमाडौँको घरायसी परिवेशको स्मरण केन्द्रित छ । उपन्यासका साक्ष्यहरूलाई विश्लेषण गर्दा उपन्यासमा देखापरेका प्रत्येक पात्रहरूका क्रियाकलाप तथा जीवन भोगाइमा डायस्पोरिक मूल्य र चेतनामा आधारित रहेको निष्कर्ष प्राप्त भएको छ ।
{The presented paper explores the diaspora consciousness in the novel Motel America, written by Rajava Pudasaini and published by Sajha Prakashan in 2067BS. It is about the painful diasporic situation of the people who are living in foreign land leaving their own country. There are some vivid descriptions about longing and nostalgia for own culture, community and motherland as well as about overwhelming feelings and painful moments of the foreign land. Primary and secondary sources have been used for data collection in the article. The novel “Motel America” has been used as a primary source and theoretical books, previous research articles and different websites have been used as secondary sources in this study. Inductive method has been used to analyze the collected data and the diasporic consciousness has been explored on the basis of the evidences such as ancestor land and desired land, divided mentality, sufferings of being marginalized, overwhelming of being other, searching uniformity for identity, and longing for the past which are found in the novel. The novel is focused on a memory of a representative educated unemployed Nepali youth (Ram Sharma Kadel) who compels to leave own motherland and migrate to America for work and money. There is diasporic values and consciousness in the activities and life experiences of each character of the novel.}
Downloads
56
10