उत्सर्ग उपन्यासमा लैङ्गिकता {Gender in Utsarga Novel}

Authors

  • तुलसी Tulasi शर्मा Sharma ऐश्वर्य विद्यानिकेतन, कैलाली Aaishwarya Viddhyaniketan, Kailali

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50116

Keywords:

यौनिक, मर्दाना, भाष्य, पण्यीकरण, जैविक, Sexuality, Masculinity, Treating women as objects, Living thing

Abstract

प्रस्तुत अनुसन्धानात्मक आलेखमा सानु शर्माद्धारा लिखित ‘उत्सर्ग’ उपन्यासलाई लैङ्गिकताका आधारमा विश्लेषण गरिएको छ । यस आलेखमा वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यसमा लैङ्गिकताको परिचय दिनुका साथै नेपाली समाजमा नारीहरूले भोग्नुपरेका पीडा, लैङ्गिक अवधारणा र नारीले बाँच्न चाहेको स्वअस्तित्व सहितको स्वतन्त्र जीवन देखाइएको छ । प्रस्तुत लेखको सामग्री वा तथ्याङ्क सङ्कलन पुस्तकालयको प्रयोगबाट गरिएको छ । तेह्रवर्षको उमेरमै गौरवको प्रेममा परेकी आर्याले गौरवबाट थुप्रै मानसिक र शारीरिक पीडा सहनु परेको छ भने लैङ्गिक उत्पीडनको सिकार पनि बन्नु परेको छ । नारी शरीरको वस्तुकरण मात्र गर्ने गौरवले कहिले साराको जीवनमाथि खेलेर उसलाई मृत्युको मुखमा पुर्याएको छ भने कहिले आफूलाई प्रेम गर्ने आर्यालाई शारीरिक र मानसिक यातना दिँदै मध्यरातमा छोडेर गएको छ । आफ्नी विवाहिता पत्नी प्रियालाई पनि उसले यातना सिवाय अरू केही दिएको देखिँदैन । आफ्नै बलमा अस्तित्वसहितको स्वतन्त्र जीवन बाँचेको कुरा आर्याका माध्यमबाट देखाइएको छ भने पुरुषले मात्र नारीलाई छोड्न सक्दैनन् बरु नारीले पनि पुरुषलाई छोड्न सक्छन् भन्ने कुरा प्रियाले गौरवलाई छोडेकाबाट देखाइएको छ । ‘उत्सर्ग’ उपन्यासमा नेपाली नारीले भोग्नुपरेका पीडा, खेप्नुपरेका लैङ्गिक उत्पीडन, उनीहरूमा आएको लैङ्गिक अवधारणा र स्वअस्तित्वसहित जीवन बाँच्न चाहाने नारी चाहनालाई विश्लेषण गरिएको छ । पुरुषविना पनि नारी अस्तित्वसहितको सफल र स्वतन्त्र जीवन जिउन सक्ने देखाएर लैङ्गिकतालाई स्पष्ट पारिएको छ ।

{This piece of research writing entitled Utsarga has been written by a feminist writer, Sanu Sharma. In her writing she has used both descriptive as well asan alytical methodologies to examine gender issues. The text presents a brief overview of gender along with the pain women have been enduring in context ofNepal. The text also depicts how women in Nepal are striving to live an independent life beyond all sorts of sufferings. All the materials and statistical reports deployed in the text are taken from a library. A girl named Aarya who is just thirteen years old falls in love with Gaurav who incessantly gives her pain both physically and mentally. Since Aarya is unable to resist this harassment, she is compelled to spend a miserable life for some time. Gaurav who often objectifies women exploits Aarya and ultimately leads her to death. Moreover, the lady who has married Gaurav is also going through the same kind of harassment. The text highlights how Aarya, in spite of such a dire tragedy, strives to run her life with a sense of self existential motion. This instance has been marked as a symbol of women empowerment in Nepal which shows not only a man but also a woman can avoid her partner if necessary. This novel depicts pain of the Nepalese women and a new wave of conscience that has helped women like Aarya to live a free and more confident life without any support of the male.}

 

Downloads

Download data is not yet available.
Abstract
1
PDF
2

Author Biography

तुलसी Tulasi शर्मा Sharma, ऐश्वर्य विद्यानिकेतन, कैलाली Aaishwarya Viddhyaniketan, Kailali

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-12-15

How to Cite

शर्मा Sharma त. T. (2022). उत्सर्ग उपन्यासमा लैङ्गिकता {Gender in Utsarga Novel}. Prajna प्रज्ञा, 123(1), 54–65. https://doi.org/10.3126/prajna.v123i1.50116

Issue

Section

Articles