पारिजातका कवितामा वर्गपक्षधरता {Class Favoritism in Parijat’s Poetry}

Authors

  • तेजविलास Tejbilas अधिकारी Adhikari वाल्मीकि विद्यापीठ, काठमाडौँ Valmiki Viddhyapeeth, Kathmandu

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50118

Keywords:

वर्गस्रोत, श्रमसौन्दर्य, नारीमुक्ति, प्रतिविम्बन, वर्गद्वन्द्व, Origin of class, Women’s liberation, Class conflict, Reflection

Abstract

प्रस्तुत लेखमा पारिजातका कविताहरूमा वर्गपक्षधरताको खोजी गरिएको छ । मानवचेतनाको विकासयात्रामा मानिसले पुराना विचार र व्यवहारलाई नयाँमा बदल्दै आफ्ना समग्र परिचयलाई सङ्घर्षको परिचायक बनाएको छ । मानवजातिको सङ्घर्षपूर्ण यात्रा नै इतिहास हो ।  यात्रामा मान्छेले आफ्नो कर्मलाई जीवनको परिचय बनाउँछ । उसले गर्ने बौद्धिक कर्म साहित्यिक कृतिमा यथार्थको अङ्कनका साथमा देखापर्दछ । यही आधारलाई औाल्याउँदै र समस्याग्रस्त समाजभित्रका दृश्यहरूलाई सिर्जनाका माध्यमबाट कसरी शोषण र दमनमा परेका जनताको जीवनफेर्ने साधन बनाउन सकिन्छ भन्ने चेतनाको केन्द्रीकृत अभिव्यक्ति पारिजातका कविता बनेका छन् । कविताहरूमा वर्णित यिनै विषयसन्दर्भ केलाउँदै तिनमा अभिव्यक्त वर्गपक्षधरताको व्याख्या–विश्लेषण  गर्नका लागि सोद्देश्यमूलक ढङ्गले सामग्रीको सङ्कलन गरिएको छ र प्रगतिवादी मान्यता अनुरूपसङ्कलित सामग्रीको विश्लेषण गरिएकाले यसमा निगमनात्मक विधिको प्रयोग भएको छ । समाजमा भएका क्रियाकलापहरूले नै वर्गद्वन्द्व जन्मने र वर्गद्वन्द्वको सही विश्लेषणले मात्र निम्नवर्ग र दमित मुक्तिको लागि यात्रा तय हुनसक्ने निष्कर्ष पारिजातका कविताहरूको अध्ययनबाट प्राप्त भएको छ ।

{This paper seeks to unpack the class favoritism in Parijat’s poetry. In the course the development of consciousness, humans tend to shift from status-quoits ideas and ideals to the new ones, and establish their identity as struggling and striving ones. The perpetual journey of humans for the change is, in fact, a history. This history is based on their journey, which is full of struggle. Their action also shapes their identities. The intellectual enterprises of humans come to the fore realistically through literaty artifacts. Parrijat’s poetry are the effectives means of consciousness to transform the life of oppressed and suppressed ones by depicting the existing societal problems as such. The discursive analysis is done to discuss the mentioned ideas by executing Marxist perspective as a theoretical framework. This paper concludes that class conflict is born out of societal activities, and through right analysis of class conflict; the road is prepared for the liberation of underclass and suppressed ones.}

Downloads

Download data is not yet available.
Abstract
1
PDF
1

Author Biography

तेजविलास Tejbilas अधिकारी Adhikari, वाल्मीकि विद्यापीठ, काठमाडौँ Valmiki Viddhyapeeth, Kathmandu

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-12-15

How to Cite

अधिकारी Adhikari त. . T. . (2022). पारिजातका कवितामा वर्गपक्षधरता {Class Favoritism in Parijat’s Poetry}. Prajna प्रज्ञा, 123(1), 66–80. https://doi.org/10.3126/prajna.v123i1.50118

Issue

Section

Articles