‘छिमेकी’ कथामा सङ्कथनात्मक निर्मितिको प्रयोग {The use of syntactic building in the Chhimeki story}

Authors

  • त्रिभुवन Tribhiwan बरई Barai Bhairahawa Multiple Campus, Bhairahawa भैरहवा बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50130

Keywords:

निर्मिति, क्रियाकलापगत, कार्यात्मक, अपरिहार्यता, अनुपस्थित यथार्थ, Political, Activity-based, Absent reality, Inevitability

Abstract

प्रस्तुत लेखमा सङ्कथनात्मक निर्मितिको सैद्धान्तिक मान्यताका आधारमा कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘छिमेकी’ कथाको विश्लेषण गरिएको छ । उक्त कथामा प्रयुक्त सांसारिक, कार्यात्मक र क्रियाकलापगत निर्मितिको अवस्था के कस्तो छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको हो । निर्मितिको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एवं द्वितीयक स्तरको सामग्रीको उपयोग गरी गुणात्मक र पाठ विश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । प्रस्तुत कथामा प्रयुक्त सांसारिक निर्मितिसँग सम्बद्ध पक्षको अध्ययन उपस्थित र अनुपस्थित यथार्थ, कार्यात्मक निर्मितिसित सम्बन्धित पक्षको विश्लेषण प्रिय वस्तुप्रतिको आकर्षण र संरक्षण, अपरिहार्यता र अन्तनिर्भरता तथा क्रियाकलापगत निर्मितिसँग सम्बद्ध जिज्ञासाको मूल्याङ्कन राजनीतिक र सामाजिक शक्तिजस्ता मानदण्डका आधारमा गरिएको छ । सांसारिक, कार्यात्मक र क्रियाकलापगत निर्मितिको प्रयोगले प्रस्तुत कथाको सारवस्तुको प्रस्तुतीकरण र बोधमा महत्वपूर्ण भूमिका वहन गरी कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा, उक्त निर्मितिको प्रयोगले प्रस्तुत कथाको आपसी एकता, सद्भाव र परस्परको सहयोग, लोककल्याण र मानवताको सर्वोपरिता तथा छिमेकीहरूको आवश्यकता र अपरिहार्यतासँग सम्बद्ध पक्षको अङ्कनका माध्यमबाट आदर्शवादी समाजको स्थापना प्रतिको दृष्टिकोण र चिन्तन पाठकसमक्ष सम्प्रेषित हुनुले कथाकार मैनालीमा कथा सिर्जना गर्ने शिल्प र सामथ्र्य बेजोड रहेको निष्कर्ष निकालिएको छ ।

{In the present article, the story 'Chhimeki' written by the storyteller Guruprasad Mainali has been analyzed based on the theoretical recognition of six syntactic building. This study has been done to satisfy the curiosity that what is the condition of the worldly , activity-based and political buildings used in the said story. This article has been completed by adopting qualitative and meta-analytical research methods using primary and secondary level materials based on the theoretical framework of six buildings. The study of the aspect related to the worldly building used in the presented story is present and absent reality, the analysis of the aspect related to the activity-based building is done on the basis of criteria such as political and social power. It has been found in this study that the use of worldly, activity-based and political buildings plays an important role in the presentation and understanding of the essence of the presented story and makes the story artistic, aesthetic and humane. In the end, by the use of the said production, the mutual unity, harmony and mutual support of the presented story, the supremacy of public welfare and humanity and the need and inevitability of the neighbors, the approach and thought towards the establishment of an idealistic society are communicated to the reader, so it is concluded that the storyteller Mainali's craft and ability to create a story is unmatched.}

 

Downloads

Download data is not yet available.
Abstract
1
PDF
3

Author Biography

त्रिभुवन Tribhiwan बरई Barai, Bhairahawa Multiple Campus, Bhairahawa भैरहवा बहुमुखी क्याम्पस, रुपन्देही

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-12-15

How to Cite

बरई Barai त. T. . (2022). ‘छिमेकी’ कथामा सङ्कथनात्मक निर्मितिको प्रयोग {The use of syntactic building in the Chhimeki story}. Prajna प्रज्ञा, 123(1), 81–91. https://doi.org/10.3126/prajna.v123i1.50130

Issue

Section

Articles