डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50213Keywords:
द्वन्द्वात्मक भौतिकवाद, उपरिसरचना, वर्गीय पक्षधरता, गतिशील यथार्थ, dialectical materialism, superstructure, changeable reality, class favoritismAbstract
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ (२०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्लेषण गरिएको छ । समाजवादी यथार्थवादका विभिन्न मान्यता मध्ये गतिशील यथार्थको चित्रण, वर्गसङ्घर्ष र वर्गीय पक्षधरतालाई आधार मानी उक्त उपन्यासको अध्ययन गरिएको छ । प्रस्तुत उपन्यास राणाविरोधी आन्दोलनका योद्धा रामप्रसाद राईको जीवनीमा आधारित छ । योद्धा रामप्रसाद राईको जीवनका मुख्यमुख्य घटनाको चित्रण गरिएको यस उपन्यासमा वि.सं. २००७ को राणाविरोधी आन्दोलनमा माझकिरात क्षेत्रका योद्धाले गरेको सङ्घर्षका साथै नेपालमा रहेको वर्गीय तथा जातीय विभेद, शोषण, वैदेशिक हस्तक्षेप आदिको चित्रण गरिएको छ । राणाविरोधी आन्दोलनका पृष्ठभूमिमाभएको दिल्ली सम्झौताप्रति रामप्रसाद राईहरूको विरोध देखिएपछि अन्ततः रामप्रसाद राई बेपत्ताभएको घटनाका पृष्ठभूमिमा उपन्यास केन्द्रित रहेको छ । गतिशील यथार्थ, उत्पीडित र उत्पीडककाबिचमा रहेको सङ्घर्षको चित्रणमा केन्द्रित रही सबै प्रकारका उत्पीडन अन्त्यको चाहना व्यक्तगरिएको हुँदा प्रस्तुत उपन्यास समाजवादी यथार्थवादी मान्यतामा आधारित रहेको निचोड यस अध्ययनबाट निकालिएको छ ।
{This research article revolves round the novel Ram Prasad Rai in Diary (2077v.s.)
penned by Ganesh Adhikari. In this article, the novel has been examined through
the perspective of socialist realism. Among various components of socialist
realism, the novel Ram Prasad Rai in Diary, in this article, has been analyzed
applying the tools of changeable reality, class struggle and class favoritism. The
novel is based on the biography of Ram Prasad Rai who was a freedom fighter
involved in the anti- Ranacracy movement. Resultantly, the novel does project
major events in the life of Ram Prasad Rai, the anti-Ranacracy movement of 2050
launched by the revolutionaries in the majh kirat region, different forms of
discrimination based on such as caste and class prevalent in Nepalese society,
exploitation and foreign intervention. The novel concentrates on the opposing
stand of Ram Prasad Rai and his companies on the Delhi Agreement on the
background of anti- Ranacracy movement and ultimately the disappearance of
Ram Prasad Rai. Eventually, this study concludes that the novel leans on the
principle of socialistic realism as it highlights progressive reality, conflict between
the oppressor and the oppressed, and it wishes the extermination of all types of
oppression.}
Downloads
17
34