स्वास्नीमान्छे उपन्यासमा प्रगतिवादी चेतना {Progressive Consciousness in the Novel Swasni Manchhe}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50217Keywords:
शाषक वर्ग, शोषित वर्ग, सङ्घर्ष, चेतना, वर्ग, Ruling class, Exploited class, Struggle, Consciousness, ClassAbstract
प्रस्तुत लेखमा हृदयचन्द्रसिंह प्रधान (१९७२–२०१६) को प्रगतिवादी उपन्यास ‘स्वास्नीमान्छे’ (२०११) को माक्र्सवादी मान्यताका आधारमा अध्ययन गरिएको छ । उपन्यासमा रहेको वर्गसङ्घर्ष, शोषित वर्गप्रतिको लेखकको सहानुभूति र वर्गमुक्ति अनि वर्गन्याय चेतनाको अध्ययन गर्नका लागि पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । गुणात्मक ढाँचाको यस लेखमा पाठविश्लेषणात्मक अध्ययन विधिको प्रयोग गरिएको छ । समष्टि विधि (सेन्सस मेथड) बाट प्राथमिक सामग्रीका रूपमा ‘स्वास्नीमान्छे’ उपन्यासलाई लिइएको छ र यसबाट प्रगतिवादी विचार झल्काउने गुणात्मक प्रकृतिका शाब्दिक तथ्याङ्क सङ्कलन गरी तिनको निगमनात्मक, आगमनात्मक अध्ययनका सहायताले सामग्रीको विश्लेषण र मूल्याङ्कन गरी उपन्यासभित्रका साक्ष्य र तर्कद्वारा अध्ययनमा प्रस्तुत दाबीलाई पुष्टि गरिएको छ । द्वितीय सामग्रीका रूपमा पूर्वीय र पाश्चात्य समालोचना तथा माक्र्सवादी समालोचनासँग सम्बन्धित सामग्रीको उपयोग गरिएको छ । उपन्यासको अध्ययन गर्दा उपन्यासमा शोषक र शोषित दुई वर्गबिचको द्वन्द्व चरमसीमामा पुगी शोषित वर्गले आफ्नो मुक्तिका लागि शोषक वर्गको हत्यासमेत गर्न पुगेका छन् । शोषित वर्गहरूवर्गीय हितका लागि सङ्गठित भएका छन् । शोषित वर्गका पात्रहरूमा वर्गचेतनाको विकास भइसकेको छ । उनीहरू वर्गमुक्तिका लागि जस्तोसुकै कदम उठाउन पनि तयार छन् । अध्ययनमा उपन्यासकारले शोषित वर्गमाथि भइरहेको अन्याय अत्याचार निर्मुल गरी सुन्दर समाज निर्माणका लागि तयार हुन शोषित वर्गलाई आह्वान गरेको निष्कर्ष निकालिएको छ ।
{In this article, the study of Hridaya Chandra Singh Pradhan’s (1972-2016)progressive novel “Swasni Manchhe (2011)” is done based on Marxist beliefs. Tostudy the class struggle presented in the novel, the empathy of the author towards the exploited class, and class liberation and class justice consciousness, materials are collected from the library. In this qualitative framework article, the analytical study method is used. Using the Census method, the “Swasni Manchhe (2011)”novel is taken as the primary tool, -- and collecting words with qualitative nature reflecting progressive thoughts from the novel, and analyzing and evaluating the tools with the help of deductive and inductive study through the evidence and arguments of the novel, the proposed claims in this study are proved. As secondary tools, materials related to eastern and western criticism and Marxist criticism are used. In the novel, the conflict between the exploited and ruling class has reached the extreme limit, and the exploited class has even murdered the ruling class for their salvation. The exploited are organized for their class interest. The characters of the exploited class have developed class-consciousness. They are ready to take any step for the salvation of their class. In this study, it is concluded that the novelist has invoked the exploited-class to be prepared for creating a beautiful society mitigating the injustice and tyranny over the exploited-class.}
Downloads
13
2