मुस्ताङ जिल्लाका ‘थकाली’ र ‘ल्होवा’ समुदायमा प्रचलित लोकनृत्यहरू {Popular folk dances of 'Thakali' and 'Lhowa' ommunities in Mustang District}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50220Keywords:
ल्होच्छोद्धुन, फावा, फाला, तोरन्ल, टिङ्ला, Lhochchodhu, Tingla, Toranl, Fawa, PhalaAbstract
प्रस्तुत आलेखमा मुस्ताङ जिल्लामा बसोवास गर्ने थकाली र ल्होवा समुदायमा प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषय बनाइएको छ । यस्ता नृत्यहरू आख्यानबद्ध र आख्यानमुक्त तथा पार्विक, संस्कार र सार्वजनिक उत्सव वा समारोहका अवसरमा गरिने रामरमितासँग सम्बन्धित रहेका पाइन्छन् । अध्ययनीय नृत्यमध्ये कतिपय गीतरहित वाद्यवादनका तालमा र कतिपय गेय, वाद्य र नृत्यसहितका तथा निर्धारित वेशभूषायुक्त र मुक्त वेशभूषामा तथा महिला र पुरुषको समान सहभागितामा प्रस्तुत गर्ने गरेको पाइन्छ । यिनै विशेषता नै यहाँका नृत्यगत वर्गीकरण र शैलीगत विशेषता पनि हुन् । नृत्यसम्बन्धी सैद्धान्तिक अवधारणा बाहेक मुस्ताङ जिल्ला र यहाँका थकाली र ल्होवा समुदायलाई नै अध्ययनको भौगोलिक, जातिगत र विधागत सीमा बनाई यस्ता नृत्यका बारेमा हालसम्म अध्ययन गर्ने कार्य बाँकी नै रहेको देखिएकाले अध्ययनीय नृत्यको प्रस्तुति कुन बेला के कसरी गरिन्छ भन्ने जिज्ञासाको समाधान यस आलेखमा गरिएको छ । यस आलेखका लागि नृत्यसम्बन्धी सामग्रीको सङ्कलन क्षेत्रकार्य र स्थानीय ज्ञातासँगको सोधपुछका आधारमा गरिएको छ भने सैद्धान्तिक अध्ययनका लागि पुस्तकालयीय कार्यबाट द्वितीयक स्रोतका सामग्रीको सङ्कलन गरिएको छ । यसैका आधारमा सैद्धान्तिक ढाँचाको निर्माण गरिएको छ । यसरी यस आलेख प्रयोजनका लागि अध्ययनीय नृत्यको प्रस्तुति कुन कुन बेलामा के कसरी गरिन्छ भन्ने बारेमा खोजी गरी जनसमक्ष ल्याउनु यस अध्ययनको महत्वपूर्ण उपलब्धि बन्न पुगेको छ । यस प्रकार मुस्ताङ जिल्लाका थकाली र ल्होवा समुदायमा प्रचलित रही अध्ययन हुन बाँकी नै रहेका यस्ता नृत्यहरूको खोजी गरी जनसमक्ष ल्याउनु आवश्यक छ भन्ने यस अध्ययनबाट देखिन आएको छ ।
{The popular folk dances of Thakali and Lhowa communities living in Mustang district have been made the topic of the study. Such dances are related to narratives and non-narratives and are related to Ramramita performed on the occasion of paarvik, rites and public festivals or ceremonies. Among the researchable dances, some dances are performed to the rhythm of instrumental music without songs and some are performed with songs, instruments and dances, with fixed costumes and free costumes and with equal participation of both men and women. These characteristics are also the dance classification and stylistic characteristics. In addition to the theoretical concept of dance, it is seen that there is still work to be done such dances by making geographical, caste and genre boundaries of the study to Mustang district and the Thakali and Lhowa communities here, so the question of when and how the performance of the study dance is done is solved in this article. For this article, the material related to dance has been collected on the basis of fieldwork and inquiries with local experts, while for the theoretical study, material from secondary sources has been collected from library study. Based on this, a theoretical framework has been created. Thus, for the purpose of this article, it has become an important achievement to the research and brings to the public when and how the presentation of researchable dance is done. In this way, it has been seen from this study that it is necessary to study and search for such dances which are popular in the Thakali and Lhowa communities of Mustang District and have yet to be studied.}
Downloads
6
15