खगेन्द्र सङ्ग्रौलाका कथामा प्रतिरोधी चेतना [Resistance Consciousness in the story of Khagendra Sangraula}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50254Keywords:
सीमान्तकृत वर्ग, प्रभुत्वशाली वर्ग, प्रतिरोध, प्रतिनिधित्व, उत्पीडन, Marginalized class, Oppression, Representation, Resistance, Dominant classAbstract
प्रस्तुत लेख सांस्कृतिक अध्ययन अन्तर्गत विकसित सीमान्तीयताको सैद्धान्तिक मान्यतामा केन्द्रित रही खगेन्द्र सङ्ग्रौलाद्वारा लिखित कथाका प्रमुख प्रवृत्तिको अध्ययनमा आधारित छ । सङ्ग्रौलाका कथामा सीमान्तकृत वर्गप्रति प्रभुत्वशाली वर्गको शोषण र उत्पीडन कुन रूपमा अभिव्यक्त भएको पाइन्छ र त्यसले सीमान्तकृत वर्गमा विकसित प्रतिरोधी चेतनालाई कसरी प्रकट गरेको छ भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यसका लागि सांस्कृतिक अध्ययन अन्तर्गत आन्तोनियो ग्राम्सीद्वारा प्रवर्तित सबाल्टर्नको धारणाबाट विकसित सीमान्तीयता सम्बन्धी सैद्धान्तिक मान्यतालाई पाठ विश्लेषणको मुख्य विधिका रूपमा अँगालिएको छ । आधारभूत र द्वितीयक स्रोतबाट सामग्री लिई निर्धारित सिद्धान्तका आधारमा अध्ययन र विश्लेषण गरिसक्दा यस लेखमा खगेन्द्र सङ्ग्रौलाका कथाले सामन्तवादी नेपाली समाजमा वर्गीय, जातीय र लैङ्गिक आधारमा सीमान्तकृत समुदायप्रति भएका उत्पीडनलाई सघन रूपमा उठाएका छन् र ती लक्षित वर्गहरूमाथि व्यापक सामाजिक, सांस्कृतिक धरातलमा भएका त्यस प्रकारका उत्पीडनका विरुद्ध पात्रहरूद्वारा व्यक्त भएका सशक्त स्तरका प्रतिरोधी चेतनालाई महत्वका साथ सूक्ष्म रूपमा प्रदर्शित गर्दै प्रभावशाली ढङ्गले प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
{The presented article is based on a study one of the major trends in the story written by Khagendra Sangraula, focusing on the theoretical recognition of marginality developed under cultural studies. The main objective of this article isto solve the question of how the exploitation and oppression of the dominant class towards the marginalized class are expressed in Shangri-La's story and how it has revealed the development of resistance consciousness developed in the marginalized class. For this, the theoretical concept of marginality developed from the concept of subaltern promoted by Antonio Gramsci under cultural studies is embraced as the main method of text analysis. After studying and analyzing based on the principles adopted by taking research materials from primary and secondary sources, in this article, Khagendra Sangraula's story has intensively raised the oppression of marginalized communities based on class, ethnicity, and gender in the feudal Nepali society and against the oppression of those target groups that happened on a wide social and cultural level. It is concluded that the strong level of resistance consciousness expressed by the characters has been presented impressively, showing the importance and subtly.}
Downloads
7
2