हिटलर र यहुदी उपन्यासमा युद्धअभिघात {War trauma in the novel Hitlar and Yahudi}

Authors

  • रजनी Rajani ढकाल Dhakal Central Department of Nepali, TU, Kirtipur नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50276

Keywords:

स्नायविक समस्या, मानसिक आघात, मनोशारीरिक अवस्था, आमहत्या, नरसंहार, Neurological Disorder, Mental Trauma, Genocide, Manslaughter, Psychosomatic Condition

Abstract

प्रस्तुत अध्ययन हिटलर र यहुदी उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । विश्वेश्वरप्रसाद कोइरालाको हिटलर र यहुदी उपन्यासमा दोस्रो विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युरोपेली समाजको चित्रण छ । शारीरिक तथा मानसिक दीर्घकालीन चोटबाट उत्पन्न भय र त्यसले व्यक्तिमा पारेको नकारात्मक असर अभिघात हो । युद्धका चोटको केन्द्रमा लेखिएको हिटलर र यहुदी उपन्यासको विषय र चरित्रमा अभिघातपरक प्रस्तुति छ । पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा अभिघातको अध्ययनका लागि उपन्यासमा अभिघातको प्रतिनिधित्व र अभिघातको अवस्था तथा प्रभावका आधारमा हिटलर र यहुदी उपन्यासको विषयगत सन्दर्भ र पात्रका मनेदशाको विश्लेषण गरिएको छ । दोस्रो विश्वयुद्धमा हिटलरको अहम्का कारण जातीय संहार गरिएका यहुदीको अवस्था, युद्धको समय र युद्धपछिको जर्मन समाज र त्यहाँका नागरिकको विदीर्ण मानसिकता यस उपन्यासको मूल कथ्य सन्दर्भ हो । यस उपन्यासमा युद्धले सिर्जना गरेका हिंसाका अनेक रूप चित्रित छन् । प्रस्तुत अध्ययनमा युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासका समाख्याता म पात्र लगायत युद्धले प्रत्यक्ष प्रभाव पारेका पात्रहरूको मनोशारीरिक चोटको विश्लेषण गर्दै ती चोटले पात्रको जीवनमा उत्पन्न भएको असामान्यता, विसङ्गत अवस्था र निराशाको विश्लेषण गरिएको छ । उपन्यासका घटना तथा पात्रहरूको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानव जीवनका लागि चोटपूर्ण, भयावह र निराशाजनक नै हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

{This study is focused on the analysis of psychophysical injury or trauma depicted in Hitler and the Jewish (Hitler ra Yahudi) novel. Visheshwar Prasad Koirala's novel Hitler and the Jewish describe the horrors of the Second World War and the European society suffering from it. Trauma is the result of long-term physical and mental injury and the negative impact it has on a person. There is a traumatic presentation of the subject and character of the Hitler and Jewish novel written in the center of war trauma. In this article, written in the textual and analytical method, for the study of trauma, based on the representation of trauma in the novel and the condition and effects of trauma, the thematic context and mood of the characters of Hitler and Jewish novels have been analyzed. The basic narrative context of this novel is the situation of the Jews who were ethnically exterminated due to Hitler's arrogance during the Second World War, the war time and the divided mentality of the German society and its citizens after the war. Many forms of violence created by war are depicted in this novel. In the presented study, while identifying the many traumas of the mind and body that were injured due to the war, analyzing the psychophysical injuries of the characters directly affected by the war, including the main character of the novel, the abnormality, discordant condition and despair caused by those injuries in the life of the character has been analyzed. From the study of the events of the novel and the psycho-physical condition of the characters, it has been concluded that war is traumatic, terrible and disappointing for human life.}

Downloads

Download data is not yet available.
Abstract
68
PDF
7

Author Biography

रजनी Rajani ढकाल Dhakal, Central Department of Nepali, TU, Kirtipur नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

सहप्राध्यापक Associate Professor

Downloads

Published

2022-12-15

How to Cite

ढकाल Dhakal र. R. (2022). हिटलर र यहुदी उपन्यासमा युद्धअभिघात {War trauma in the novel Hitlar and Yahudi}. Prajna प्रज्ञा, 123(1), 166–177. https://doi.org/10.3126/prajna.v123i1.50276

Issue

Section

Articles