छाउपडी उपन्यासमा लैङ्गिकता {Gender in Chhaupadi Novel}

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal Butwal Multiple Campus, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50280

Keywords:

लिङ्गीय दमन, शरीर, सशक्तीकरण, पितृसत्ता, लैङ्गिक विभेद

Abstract

प्रस्तुत लेखमा कविता पौडेलद्वारा रचित छाउपडी उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । समाजद्वारा लिङ्गका आधारमा नारी र पुरुषबिच गरिने सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक आदि विभेदलाई लैङ्गिकता भनिन्छ । छाउपडी उपन्यासमा के कस्तो लैङ्गिकताको अवस्था रहेको छ भन्ने मूल समस्यामा केन्द्रित रही उपन्यासको लैङ्गिकताको अध्यययन गर्नु यस लेखको उद्देश्य हो । लैङ्गिकताको परिचय दिई लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक सशक्तीकरण जस्ता उपकरणको प्रयोग गरी उपन्यासको विश्लेषण गरिएको छ । यस उपन्यासमा नेपाली समाजमा कायम रहेका सामाजिक शासन व्यवस्थाका कारण नारीमाथि हुने गरेका दमन तथा हिंसाका विरुद्धमा नारीहरूले सशक्त रूपमा आवाज उठाउन तथा प्रतिकार गर्न थालेको अवस्थालाई उपन्यासमा प्रस्तुत गरिएको छ । नारीको शरीरमाथि आफ्नो अधिकार जमाउन प्रयास गर्ने, दमन र शोषण गरेर महिलालाई आफ्नो अधीनस्त बनाउन चाहने पुरुष प्रवृत्तिको विरोध उपन्यासले गरेको छ । यसमा लैङ्गिक रूपमा उत्पीडित भई सीमान्तीकृत बन्न पुगेका नारी पात्रको प्रतिनिधित्व गराइएको छ । नेपाली समाज पितृसत्तात्मक सामाजिक संरचनामा आधारित भएकाले सुरुमा नारीको पहिचान कमजोर भए पनि अन्त्यमा उत्पीडित महिलाले उत्पीडनका विरुद्ध प्रतिरोध गरेको देखाएर सीमान्तीकृत नारी समुदाय शक्तिशाली भएको निष्कर्ष प्राप्त भएको छ ।

{In the present article, the gender of chhaupadi novel written by Kabita Poudel has been studied. Gender is the social, economic, religious, cultural, etc. discrimination between men and women on the basis of gender by society. The purpose of this article is to study the gender of the novel by focusing on the main problem of what kind of gender is present in chhaupadi novel. The novel has been analyzed using tools such as patriarchy, body, gender discrimination, gender empowerment by gender criticism for the analysis of gender. In this novel, women have started to raise their voice and retaliate against the oppression and violence Against women due to the social governance system prevailing in Nepali society. The novel opposes the male tendency to try to gain control over women's bodies, Oppress and exploit them. It represents female characters that have been marginalized by being gender-oppressed. Since Nepali society is based on patriarchal social structures, the identity of women was weakened in the Beginning, but in the end, the marginalized women's community is powerful by Showing that oppressed women have resisted oppression.}

Downloads

Download data is not yet available.
Abstract
1
PDF
2

Author Biography

शालिकराम Shalikram पौड्याल Poudyal, Butwal Multiple Campus, Butwal बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

उपप्राध्यापक Assistant Lecturer

Downloads

Published

2022-12-15

How to Cite

पौड्याल Poudyal श. S. (2022). छाउपडी उपन्यासमा लैङ्गिकता {Gender in Chhaupadi Novel}. Prajna प्रज्ञा, 123(1), 198–207. https://doi.org/10.3126/prajna.v123i1.50280

Issue

Section

Articles