पौरस्त्य वाङ्मयमा न्यायदर्शनको महत्व एबं लोकोपयोगिता {The Importance and Utility of Nyaya Darshan in Eastern Literature}
DOI:
https://doi.org/10.3126/prajna.v123i1.50281Keywords:
तत्वज्ञान, प्रमेय, आन्वीक्षिकी, दर्शन, प्रमाण, Tattwagyan, Darshan, Anwikshikee, Praman, PrameyaAbstract
प्रस्तुत आलेख पौरस्त्य वाङ्मयमा न्याय दर्शनको महत्व एवं लोकोपयोगितामा केन्द्रित रहेको छ । समग्र पौरस्त्य वाङ्मयमा न्याय दर्शनको स्थान र यसको लोकोपयोगिताको खोजी गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । यसमा सङ्कलित सामग्रीहरूबाट प्राप्त तथ्यको विश्लेषण र लोकोपयोगिता प्रस्तुत गर्ने क्रममा कतै आफ्ना विचारलाई पनि आधार मानी विषयवस्तुको प्रस्तुति दिइएको छ । विषयवस्तुको प्रारम्भ दर्शनशास्त्रको प्रवृत्तिबाट गरिएको छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका दुःखबाट मानव विक्षिप्त रहेको र त्यस्तो दुःखमय संसारबाट आत्यन्तिक निवृत्तिका लागि दर्शनशास्त्रको प्रवृत्ति भएको हो भन्ने कुरा यसमा आएका छन् । वास्तविक तत्वको ज्ञान जसबाट हुन्छ, त्यो दर्शन हो । न्याय दर्शनको विश्लेषण गर्ने क्रममा सर्वप्रथम न्यायको परिभाषा प्रस्तुत गरिएको छ । प्रत्यक्ष, अनुमान आदि प्रमाणहरूद्वारा प्रमेय (पदार्थ) को परीक्षण गरी वस्तुस्थिति पत्ता लगाउनु न्याय हो । न्याय दर्शनलाई प्रमाणशास्त्र पनि भनिन्छ । पौरस्त्य वाङ्मयमा न्याय दर्शनलाई कसरी प्रस्तुत गरिएको छ र यसको लोकोपयोगिता कसरी सिद्ध गर्न सकिन्छ भन्ने विषयवस्तु राख्दै लौकिक (पारिवारिक, सामाजिक, राष्ट्रिय) व्यवहारमा न्यायदर्शन सम्बद्ध चिन्तनहरूको प्रत्यक्ष प्रभाव रहेको छ भन्ने निष्कर्ष यस आलेखमा निकालिएको छ ।
{The presented article focuses on the importance and usefulness of Nyaya Darshanin Eastern literature (Paurastya literature). This article has been prepared with the aim of searching the place of Nyaya Darshan in the overall Paurastya literature and its utility. The subject matter has been presented using the personal views too while analysing the collected facts and performing public utility. The subject is started from the trend of philosophy. It has come to the conclusion that human beings are distracted by three types of sufferings; spiritual, metaphysical and supernatural. It summarizes that Philosophy was started to get relief from the world of such sufferings. Philosophy is the object from which real knowledge is obtained. The definition of justice is presented at the initial part while analyzing the philosophy of justice. Finding out the facts by testing the theorem (substance) through evidences like direct, inference, etc. is the justice. Nyaya philosophy is also called science of evidence (Pramanashastra). In this article, it has been concluded that there is direct impact of thoughts related to Nyaya philosophy on temporal (family, social, national) behavior describing about how Nyaya philosophy is presented in Paurastya literature and how its utility can be justified.}
Downloads
1
1