बान्तवा राईहरूको सुप्तुलुङमा पितृहरूको स्थान र दायित्व {Place and Responsibilities of Ancestors in Suptulung of Bantwa Rai Community}

Authors

  • चन्द्रकुमार Chandrakumar राई Rai

DOI:

https://doi.org/10.3126/prajna.v123i1.50282

Keywords:

मुन्दुम, किरात, राई, बान्तावा, सुप्तुलुङ, पितृ, Mundum, Suptulung, Ancestor, Bantawa, Kirat

Abstract

प्रस्तुत लेख बान्तावा राईहरूको आस्था केन्द्र सुप्तुलुङमा केन्द्रित छ । सुप्तुलुङ खाना पकाई खाने तीनचुला ढुङ्गाको एकीकृत स्वरूप हो । त्यस अतिरिक्त पितृहरूको निवासस्थल तथा शक्तिको स्रोतकेन्द्र रहेको विश्वास छ । विश्वास अनुसार यिनै सुप्तुलुङमा पितृहरू निवास गर्दै सन्तानको रक्षा गर्ने गर्दछन् । बान्तावा राईहरूको विश्वासमा पितृहरू नै सर्वोच्च शक्ति हुन् । सुप्तुलुङका तीन ढुङ्गाहरूभिन्न तीन शक्तिको प्रतीक मानिन्छन् र त्यही प्रतीकका आधारमा पुजिने र शक्ति आर्जन हुने विश्वास छ । यी तीन शक्तिहरूमा पुरुष शक्ति, महिला शक्ति र समाज प्रतिनिधि शक्ति हुन् । यी तीन शक्तिहरूमा पुरुष प्रतीक शक्ति अन्न, महिला प्रतीक लक्ष्मी र समाज प्रतीक प्रतिष्ठा तथा एकतासँग सम्बन्धित भएको देखिन्छ । यति मात्र होइन सुप्तुलुङमा बस्ने पितृहरूले नयाँ घर र परिवारको नयाँ सदस्यलाई मान्यता दिने, समाजको आवश्यकतालाई महत्वका साथ जोड दिई परिवारमा नैतिकता तथा सुब्बेफाब्बे कायम राख्ने भूमिकासमेत निर्वाह गरेको पाइन्छ । यसरी प्रस्तुत लेखमा सुप्तुलुङले पितृसँग अन्तरसम्बन्धित भई सन्तानका लागि त्रिआयामिक दायित्व निर्वाह गरेको निष्कर्ष निकालिएको छ ।

{This article is primarily based on the history and belief system of Suptulung in Bantawa Rai community. Suptulung is a combinations of three different stones specially used for cooking in general. Moreover, it is believed that Suptulung is the abode of ancestors and center of power. According to the belief system of Bantawa Rai community, ancestors are supreme and reside in Suptulung to protect their children and upcoming generations over the time. The three stones of Suptulung are considered to be symbols of three different powers and it is believed that they are worshiped based on these symbols and power is achieved. In fact, these three powers are men's power, women's power and community representative power. Among them, the male symbol is associated with strength and grain, the female symbol is Lakshmi, and the social symbol is related to prestige and unity of a community. Notwithstanding, ancestors play a vital role to recognize new home and new members of the family, emphasizing the needs of society and maintaining morality in the family. Thus, Suptulung and ancestors are intertwined to each other and perform different dimensional roles and responsibilities for their generations.}

Downloads

Download data is not yet available.
Abstract
1
PDF
1

Author Biography

चन्द्रकुमार Chandrakumar राई Rai

स्वतन्त्र अन्वेषक तथा संस्कृतिविद् Independent researcher and cultural expert

Downloads

Published

2022-12-15

How to Cite

राई Rai च. C. . (2022). बान्तवा राईहरूको सुप्तुलुङमा पितृहरूको स्थान र दायित्व {Place and Responsibilities of Ancestors in Suptulung of Bantwa Rai Community}. Prajna प्रज्ञा, 123(1), 221–234. https://doi.org/10.3126/prajna.v123i1.50282

Issue

Section

Articles