सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू

Authors

  • यज्ञेश्वर निराैला

Keywords:

मानक भाषा, माध्यम भाषा, मरणासन्न भाषा, मातृभाषा, भाषिक मृत्यु

Abstract

बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली, रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया, सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा, छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्त र मृत्युको मुखमा पुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाका वक्ता हराए भने भाषा नै संसारबाट लोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतः लोप हुन्छ । यस्ता भाषाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ । प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाषाहरूको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ । साथै, नेपालको भाषानीति तथा भाषिक प्रकार्यलाई प्रस्तुत गर्दै सङ्कटापन्न एवं अति सङ्कटापन्न अवस्थामा रहेका नेपालमा बोलिने भाषाहरूको पहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्ने कुराको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।

Abstract
417
PDF
7

Downloads

Published

2023-12-13

How to Cite

निराैला य. (2023). सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू. Prajna प्रज्ञा, 124(2), 7-17. https://doi.org/10.3126/prajna.v124i2.60518

Issue

Section

Articles

How to Cite

निराैला य. (2023). सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू. Prajna प्रज्ञा, 124(2), 7-17. https://doi.org/10.3126/prajna.v124i2.60518