चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन

Authors

  • अमृता शर्मा

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60565

Keywords:

उत्पादन व्यवस्था, उत्पीडन, पितृसत्ता, पुँजीवाद, श्रमविभाजन, श्रमशक्ति

Abstract

प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
29

Downloads

Published

2023-12-13

How to Cite

शर्मा अ. (2023). चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन . Prajna प्रज्ञा, 124(2), 30–42. https://doi.org/10.3126/prajna.v124i2.60565

Issue

Section

Articles