‘त्यो फेरि फर्कला ?’ कथामा यौन अभिव्यक्तिको स्वरूप

Authors

  • अम्बिकाप्रसाद डाँगी

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60579

Keywords:

अहम्, इद, कामेच्छा, तृप्तता, दमन

Abstract

भवानी भिक्षुको ‘त्यो फेरि फर्कला ?’ कथामा प्रस्तुत यौन अभिव्यक्तिको स्वरूपसँग प्रस्तुत लेख सम्बन्धित छ । यसै क्रममा कथाकार भिक्षुको यौनकथा लेखनगत प्रवृतिलाई पनि सङ्क्षेपमा चिनाइएको छ । भिक्षुको ‘त्यो फेरि फर्कला ?’ कथालाई यौन कथागत मूल्यमान्यता र अवधारणामा आधारित भई कथामा अभिव्यञ्जित यौनका स्वरूपको पहिचान गर्नु नै यस लेखको उद्देश्य हो । यो अध्ययन गुणात्मक विधिमा आधारित छ । अध्ययनका क्रममा पुस्तकालय कार्यका माध्यमले सामग्री सङ्कलन गरी वर्णनात्मक, विश्लेषणात्मक एवं तार्किक विधिको उपयोग गरी सामग्रीको अध्ययन–विश्लेषण गरिएको छ । अध्ययनबाट शिष्ट, मर्यादित एवं श्लील रूपमा यौनलाई केन्द्रमा राखेर आन्तरिक मनोयथार्थको विचरण गर्ने सफल यौन कथाकारका रूपमा भवानी भिक्षु रहेको निष्कर्ष प्राप्त भएको छ । यौनकथाको पहिचान गर्न सघाउ पुग्ने हेतुले सङ्क्षेपमा सैद्धान्तिक पर्याधार र कथामा यौनको तात्पर्यबारे चर्चा गरिएको छ । यौवनको सिंढी चढ्दै गर्दा सानीमा देखापरेको युवकप्रतिको प्रेमाशक्तिका कारण जागृत भएको एकोहोरो प्रेमले निम्त्याएका पट्यारलाग्दा दिनचर्या एवं युवक र सानीको ‘प्रेम’प्रतिको भिन्न मनोलोकका कारण दुर्घटित हुन पुगेको सानीको एकपक्षीय असफल प्रेम तथा यौन अभिव्यक्तिका मूलभूत प्रकृतिहरू प्रेमको अमरत्व, सामाजिक मर्यादा, कल्पना, भावावेग र हीनताबोध रहेका छन् । यस लेखमा यौन अभिव्यक्तिका यी विविध पक्षको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
42

Downloads

Published

2023-12-13

How to Cite

डाँगी अ. (2023). ‘त्यो फेरि फर्कला ?’ कथामा यौन अभिव्यक्तिको स्वरूप. Prajna प्रज्ञा, 124(2), 43–53. https://doi.org/10.3126/prajna.v124i2.60579

Issue

Section

Articles