शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व

Authors

  • नेत्र एटम

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60586

Keywords:

पितृसत्ता, प्रतिस्पर्धा, लैङ्गिक भूमिका, वस्तुकरण, स्वामित्व

Abstract

प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
41

Downloads

Published

2023-12-13

How to Cite

एटम न. (2023). शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व. Prajna प्रज्ञा, 124(2), 96–108. https://doi.org/10.3126/prajna.v124i2.60586

Issue

Section

Articles