‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र

Authors

  • विश्वराज खतिवडा

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60595

Keywords:

सामाजिक वास्तविकता, परोपकारी आत्महत्या, मूल्यहीन आत्महत्या

Abstract

प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक, सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिक कारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्री दुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँ दुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
19

Downloads

Published

2023-12-13

How to Cite

खतिवडा व. (2023). ‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र. Prajna प्रज्ञा, 124(2), 151–161. https://doi.org/10.3126/prajna.v124i2.60595

Issue

Section

Articles