एकान्त भिड कवितासङ्ग्रहमा श्यामव्यङ्ग्य

Authors

  • सुदेश सत्याल

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60600

Keywords:

स्वैरकल्पना, एकान्विति, श्यामव्यङ्ग्य, बिम्बप्रतीक

Abstract

प्रस्तुत लेखमा अमृतद्वारा लिखित ‘एकान्त भिड’ कवितासङ्ग्रहमा प्रयुक्त श्यामव्यङ्ग्यको बारेमा अध्ययन गरिएको छ । समकालीन नेपाली कविता परम्परा २०४६—२०७९) मा अपनाइएका विविध विषयवस्तुमध्ये श्यामव्यङ्ग्यको विशिष्ट महत्त्व रहेको देखिन्छ । विशेषतः आख्यान र नाटकमा सशक्त बनेर देखा परेको श्यामव्यङ्ग्य पछिल्लो समय कवितामा पनि सशक्त भएर देखा परेको छ । राज्यको व्यवस्था, राजनीति, नेतृत्व वर्गमा देखिएको विचलनले गर्दा कविहृदय प्रतिरोधी चेतनाको संवाहक बन्न पुग्दछ । नाम मात्रको परिवर्तनले वाक्क भएर प्रदूषित बन्न पुगेको सामाजिक व्यवस्थाप्रति अभिव्यञ्जनात्मक ढङ्गबाट सचेतनाको शङ्खघोष गर्नु लेखकीय कर्तव्यव्यापार हो । यही परिवेशमा लेखिएका अमृतका कवितामा गालीगलोज, घोचपेचभन्दा पर पुगेर सङ्गत असङ्गत युगीन व्यङ्ग्य र स्वैरकाल्पनिक अभिव्यञ्जनाको आधारमा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
19

Downloads

Published

2023-12-13

How to Cite

सत्याल स. (2023). एकान्त भिड कवितासङ्ग्रहमा श्यामव्यङ्ग्य. Prajna प्रज्ञा, 124(2), 183–194. https://doi.org/10.3126/prajna.v124i2.60600

Issue

Section

Articles