नेपाली भाषामा प्रयुक्त लैङ्गिक विभेदक उखान {Gender-differentiated idioms used in Nepali language}

Authors

  • भागीरथा Bhagiratha न्यौपाने Neupane सानोठिमी क्याम्पस, भक्तपुर ।

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62596

Keywords:

लोकोक्ति, लैङ्गिकता, आक्षेपयुक्त उखान, हिंसाप्रेरित उखान, अवमूल्यनगत उखान

Abstract

लैङ्गिक विभेद जनाउने, महिलालाई होच्याउने, हिंसात्मक प्रकृतिका उखानहरू लैङ्गिक विभेदक उखान हुन् । विभेदकारी उखानहरू अभिधात्मक मात्र नभई लाक्षणिक र व्यञ्जनात्मक आदि प्रकारका पनि हुने भएकाले अभिव्यक्तिको सन्दर्भ, आशय तथा प्रसङ्गबाट अर्थ पहिल्याउनुपर्ने हुन्छ । यस लेखमा हाम्रो समाजमा प्रचलित लैङ्गिक विभेदक उखान, टिप्पणी, अभिव्यक्ति आदिलाई नारीवादी दृष्टिकोणबाट विश्लेषण गर्ने उद्देश्य राखिएको छ । उक्त उद्देश्य प्राप्तिका लागि नेपाली लोकजीवनमा प्रयोग प्रचलनमा रहेका लैङ्गिक विभेद जनाउने केही उखानहरूको उद्देश्यपूर्ण तरिकाले नमुना छनोट गरिएको छ । बोलीचालीका क्रममा प्रयोग गरिने लैङ्गिक विभेदयुक्त उखानलाई प्राथमिक स्रोत मानी सङ्कलित तथ्यलाई नारीवादी दृष्टिकोणका आधारमा गुणात्मक विधिअनुरूप आलोचनात्मक विश्लेषण गरिएको छ । नेपाली समाजमा विभेदक भनाइहरू तथा उखान, टुक्कालगायतका विविध भाषिक टिप्पणीहरूमा पितृसत्तात्मक सोच प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हालसम्म पनि रही आएको पाइन्छ । यस्ता भनाइहरूलाई कथ्य र लेख्य दुवै रूपमा हटाई समतामूलक समाज निर्माण गर्नका लागि भाषिक प्रयोक्ता सचेत हुन आवश्यक देखिन्छ । यसैगरी पठनपाठनका क्षेत्रमा पाठ्यक्रम र पाठ्यपुस्तकहरू निर्माण गर्दा पनि लैङ्गिक विभेद जनाउने भाषालाई निरुत्साहित गरिनुपर्छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
11

Author Biography

भागीरथा Bhagiratha न्यौपाने Neupane, सानोठिमी क्याम्पस, भक्तपुर ।

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

न्यौपाने Neupane भ. B. (2022). नेपाली भाषामा प्रयुक्त लैङ्गिक विभेदक उखान {Gender-differentiated idioms used in Nepali language}. Prajna प्रज्ञा, 123(1), 1–12. https://doi.org/10.3126/prajna.v123i1.62596

Issue

Section

भाषिक अध्ययन Linguistic studies