ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतको भावविधान {The sentiment of folk songs Practised in Tamkemaeung Area}

Authors

  • ईश्वरा Ishwara पौडेल Poudel भोजपुर क्याम्पस, भोजपुर

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62621

Keywords:

भावविधान, वैयक्तिक अनुभूति, सामाजिक अनुभूति, सांस्कृतिक प्रतिबिम्बन, लाहुरे संस्कृति

Abstract

‘ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतको भावविधान’ शीर्षकमा रहेको यस लेखमा सो क्षेत्रमा प्रचलनमा रहेको लोकगीतको भाव विश्लेषण गरिएको छ । कुनै पनि साहित्यिक कृतिको भाव वा विचार भनेको त्यस कृतिको अन्तर्वस्तु वा त्यसको कथ्य हो । गीतको भाव वा विचारले यसमा रहेको विषयवस्तुको अनुभूतिजन्य वा वैचारिक तहको अवस्थालाई बुझाउँछ । लोकगीतमा विषयका फैलावट हेर्दा यस्तो फैलावट कि त कुनै व्यक्तिका भावनामा सीमित हुन्छ कि त सामाजिक विषयमा फैलिएको हुन्छ । त्यसैले अनुभूतिगत ढाँचाका आधारमा लोकगीत वैयक्तिक र सामाजिक गरी दुई प्रकारका हुन्छन् । वैयक्तिक अनुभूति भएका गीतमा आत्मकेन्द्रित÷अन्तर्मुखी अनुभूतिको भावनात्मक अभिव्यक्ति हुन्छ भने सामाजिक अनुभूति भएका गीतमा बहिर्मुखी अनुभूति र मानवीय जीवन वा समाजका मार्मिक पक्षको प्रस्तुति हुन्छ । ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतको भाव विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यो लेख तयार पार्न सामग्री सङ्कलनका क्रममा प्राथमिक सामग्रीका रूपमा ट्याम्केमैयुङ क्षेत्रमा प्रचलनमा रहेका लोकगीतका खोजी क्षेत्रीय अध्ययन विधिबाट गरिएको र सैद्धान्तिक विषयका द्वित्तीयक सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ । गीतको विश्लेषण गर्न विश्लेषणात्मक विधिको प्रयोग भएको छ र गीतको भावविधानसम्बन्धी मान्यताका आधारमा ट्याम्केमैयुङका गीतको विश्लेषण गरिएको हुनाले यहाँ निगमन विधिको पनि प्रयोग भएको छ । ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतहरू वैयक्तिक र सामाजिक अनुभूति भएका गरी दुवै खालका रहेका छन् । यहाँका वैयक्तिक अनुभूति भएका गीतमा मायाप्रेमका मिलन र विछोडका विविध सन्दर्भहरू अभिव्यक्त भएका छन् । यी गीतहरूमध्ये धेरै गीतहरूको विषयवस्तु समाजको सिङ्गो व्यवस्था र लोकसमाजको सामूहिक भावनासँग सम्बन्धित रहेको हुनाले यी गीतमा सामाजिक अनुभूति रहेको छ । यहाँ सामाजिक अनुभूति भएका गीतहरू तुलनात्मक रूपमा सशक्त रहेका छन् र तिनले ग्रामीण जनजीवनका सामूहिकता, आपसी सम्बन्ध र सांस्कृतिक सद्भाव जस्ता विविध गतिविधिलाई प्रतिबिम्बित गरेका छन् । यहाँका लोकगीतमा ग्रामीण जीवनका दैनिक भोगाइका विविध पक्षहरू, सामाजिक संरचना र यसका प्रभाव तथा लाहुरे संस्कृति र यसले निर्माण गरेको जीवनशैली अभिव्यक्त गर्छन् ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
12

Author Biography

ईश्वरा Ishwara पौडेल Poudel, भोजपुर क्याम्पस, भोजपुर

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

पौडेल Poudel ई. I. (2022). ट्याम्केमैयुङ क्षेत्रमा प्रचलित लोकगीतको भावविधान {The sentiment of folk songs Practised in Tamkemaeung Area}. Prajna प्रज्ञा, 123(1), 27–40. https://doi.org/10.3126/prajna.v123i1.62621

Issue

Section

साहित्यिक अध्ययन Literary Studies