उत्सर्ग उपन्यासमा लैङ्गिकता {Gender in Utsarga Novel}

Authors

  • तुलसी Tulasi शर्मा Sharma ऐश्वर्य विद्यानिकेतन, कैलाली

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62628

Keywords:

जैविक, पण्यीकरण, भाष्य, मर्दाना, यौनिक

Abstract

प्रस्तुत अनुसन्धानात्मक आलेखमा सानु शर्माद्धारा लिखित ‘उत्सर्ग’ उपन्यासलाई लैङ्गिकताका आधारमा विश्लेषण गरिएको छ । यस आलेखमा वर्णनात्मक र विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यसमा लैङ्गिकताको परिचय दिनुका साथै नेपाली समाजमा नारीहरूले भोग्नुपरेका पीडा, लैङ्गिक अवधारणा र नारीले बाँच्न चाहेको स्वअस्तित्वसहितको स्वतन्त्र जीवन देखाइएको छ । प्रस्तुत लेखको सामग्री वा तथ्याङ्क सङ्कलन पुस्तकालयको प्रयोगबाट गरिएको छ । तेह्र वर्षको उमेरमै गौरवको प्रेममा परेकी आर्याले गौरवबाट थुप्रै मानसिक र शारीरिक पीडा सहनु परेको छ भने लैङ्गिक उत्पीडनको सिकार पनि बन्नु परेको छ । नारी शरीरको वस्तुकरण मात्र गर्ने गौरवले कहिले साराको जीवनमाथि खेलेर उसलाई मृत्युको मुखमा पु¥याएको छ भने कहिले आफूलाई प्रेम गर्ने आर्यालाई शारीरिक र मानसिक यातना दिँदै मध्यरातमा छोडेर गएको छ । आफ्नी विवाहिता पत्नी प्रियालाई पनि उसले यातना सिवाय अरू केही दिएको देखिँदैन । आफ्नै बलमा अस्तित्वसहितको स्वतन्त्र जीवन बाँचेको कुरा आर्याका माध्यमबाट देखाइएको छ भने पुरुषले मात्र नारीलाई छोड्न सक्दैनन् बरु नारीले पनि पुरुषलाई छोड्न सक्छन् भन्ने कुरा प्रियाले गौरवलाई छोडेकाबाट देखाइएको छ । ‘उत्सर्ग’ उपन्यासमा नेपाली नारीले भोग्नुपरेका पीडा, खेप्नुपरेका लैङ्गिक उत्पीडन, उनीहरूमा आएको लैङ्गिक अवधारणा र स्वअस्तित्वसहित जीवन बाँच्न चाहाने नारी चाहनालाई विश्लेषण गरिएको छ । पुरुषविना पनि नारी अस्तित्वसहितको सफल र स्वतन्त्र जीवन जिउन सक्ने देखाएर लैङ्गिकतालाई स्पष्ट पारिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
11

Author Biography

तुलसी Tulasi शर्मा Sharma, ऐश्वर्य विद्यानिकेतन, कैलाली

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

शर्मा Sharma त. T. (2022). उत्सर्ग उपन्यासमा लैङ्गिकता {Gender in Utsarga Novel}. Prajna प्रज्ञा, 123(1), 54–65. https://doi.org/10.3126/prajna.v123i1.62628

Issue

Section

साहित्यिक अध्ययन Literary Studies