‘छिमेकी’ कथामा सङ्कथनात्मक निर्मितिको प्रयोग {The use of syntactic building in the Chhimeki story}

Authors

  • त्रिभुवन Tribhiwan बरई Barai भैरहवा बहुमुखी क्याम्पस, रुपन्देही

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62631

Keywords:

अनुपस्थित यथार्थ, अपरिहार्यता, कार्यात्मक, क्रियाकलापगत, निर्मिति

Abstract

प्रस्तुत लेखमा सङ्कथनात्मक निर्मितिको सैद्धान्तिक मान्यताका आधारमा कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘छिमेकी’ कथाको विश्लेषण गरिएको छ । उक्त कथामा प्रयुक्त सांसारिक, कार्यात्मक र क्रियाकलापगत निर्मितिको अवस्था केकस्तो छ भन्ने जिज्ञासाकोे परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको हो । निर्मितिको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एवं द्वितीयक स्तरको सामग्रीको उपयोग गरी गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएकोे छ । प्रस्तुत कथामा प्रयुक्त सांसारिक निर्मितिसँग सम्बद्ध पक्षको अध्ययन उपस्थित र अनुपस्थित यथार्थ, कार्यात्मक निर्मितिसित सम्बन्धित पक्षको विश्लेषण प्रिय वस्तुप्रतिको आकर्षण र संरक्षण, अपरिहार्यता र अन्तनिर्भरता तथा क्रियाकलापगत निर्मितिसँग सम्बद्ध जिज्ञासाको मूल्याङ्कन राजनीतिक र सामाजिक शक्तिजस्ता मानदण्डका आधारमा गरिएको छ । सांसारिक, कार्यात्मक र क्रियाकलापगत निर्मितिको प्रयोगले प्रस्तुत कथाको सारवस्तुको प्रस्तुतीकरण र बोधमा महŒवपूर्ण भूमिका वहन गरी कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा, उक्त निर्मितिको प्रयोगले प्रस्तुत कथाको आपसी एकता, सद्भाव र परस्परको सहयोग, लोककल्याण र मानवताको सर्वोपरिता तथा छिमेकीहरूको आवश्यकता र अपरिहार्यतासँग सम्बद्ध पक्षको अङ्कनका माध्यमबाट आदर्शवादी समाजको स्थापनाप्रतिको दृष्टिकोण र चिन्तन पाठकसमक्ष सम्प्रेषित हुनुले कथाकार मैनालीमा कथासिर्जना गर्ने शिल्प र सामथ्र्य बेजोड रहेकोे निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
21
PDF
14

Author Biography

त्रिभुवन Tribhiwan बरई Barai, भैरहवा बहुमुखी क्याम्पस, रुपन्देही

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

बरई Barai त. T. (2022). ‘छिमेकी’ कथामा सङ्कथनात्मक निर्मितिको प्रयोग {The use of syntactic building in the Chhimeki story}. Prajna प्रज्ञा, 123(1), 81–91. https://doi.org/10.3126/prajna.v123i1.62631

Issue

Section

साहित्यिक अध्ययन Literary Studies