नजन्मेका आस्थाहरू कवितासङ्ग्रहका कवितामा आमूल नारीवादी चेतना {Radical Feminist Consciousness in the Poems of Najanmeka Asthaharu Poetry Collection}

Authors

  • प्रभा Prabha मरहट्टा Marahatta महेन्द्र बहुमुखी क्याम्पस, बाँके

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62634

Keywords:

आमूल नारीवाद, नारीअस्मिता, नारीप्रतिनिधित्व, पहिचान, प्रतिरोध

Abstract

प्रस्तुत अध्ययन कवि उषा शेरचनका नजन्मेका आस्थाहरू कवितासङ्ग्रहभित्र रहेका कविताहरूमा अभिव्यक्त आमूल नारीवादी चेतना अध्ययनसँग सम्बन्धित छ । नारीहरूमाथि हुने गरेका सबै प्रकारका शोषण, दमनको विरोध गरी नारी हक, हितका पक्षमा वकालत गर्ने अवधारणामा आधारित वाद नारीवाद हो । आमूल नारीवाद यसमा आधारित नवीन अवधारणा हो । यस सङ्ग्रहका कवितारुमा के कस्तो आमूल नारीवाद अभिव्यक्त आएको छ भन्ने प्राज्ञिक समस्या समाधान गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनबाट नजन्मेका आस्थाहरू कवितासङ्ग्रहभित्र रहेका प्रायः सबै कवितामा नारीवादी चेतना सशक्त रूपमा आएको निष्कर्ष निकालिएको छ । यी कवितामा नारीमाथि हुने गरेका शोषण, दमन र हिंसाका विरुद्धमा विद्रोही तथा प्रतिरोधी स्वरहरू पनि सशक्त रूपमा आएका छन् । प्रायः कविताहरूमा नारीका उत्पीडनलाई नै बिषयवस्तुको केन्द्र बनाइएको छ । नारीका पक्षमा वकालत गरिएका यी कविवताहरूले समग्र नारीहरूलाई चेतना थपिदिएको निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
18
PDF
14

Author Biography

प्रभा Prabha मरहट्टा Marahatta, महेन्द्र बहुमुखी क्याम्पस, बाँके

उपप्राध्यापक 

Downloads

Published

2022-12-31

How to Cite

मरहट्टा Marahatta प. P. (2022). नजन्मेका आस्थाहरू कवितासङ्ग्रहका कवितामा आमूल नारीवादी चेतना {Radical Feminist Consciousness in the Poems of Najanmeka Asthaharu Poetry Collection}. Prajna प्रज्ञा, 123(1), 104–116. https://doi.org/10.3126/prajna.v123i1.62634

Issue

Section

साहित्यिक अध्ययन Literary Studies