ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novel}

Authors

  • प्रेमनारायण Premnarayan भुसाल Bhusal बुढानीलकण्ठ स्कुल, काठमाडौँ

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62636

Keywords:

ख्वपदेश, ज्यापु, भादगाउँ, पौरस्त्य संस्कृति, सांस्कृतिक चेतना

Abstract

‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथापरम्परा, चालचलन र त्यहाँ विद्यमान जाति प्रथाले सिर्जना गरेका विभिन्न किसिमका सामाजिक विखण्डन र विकृतिका रूपहरूलाई समेत समावेश गरेर इतिहास र सामाजिक परिदृश्यका सीमारेखाबाट अगाडि बढेको उपन्यास भएकाले यहाँ भक्तपुरे संस्कृतिका परिदृश्यहरू बिम्बित भएका छन् । सांस्कृतिक यथार्थ र औपन्यासिक विधागत मूल्यका बिच तालमेल गर्न खोज्दा संस्कृतिको यथार्थ रूप केकति चित्रित हुन पुग्यो भन्ने कुराको अन्वेषणका लागि कृतिको सर्वाङ्गीण अध्ययन, विश्लेषण तथा तत्कालीन समय र संस्कृतिचेतनाको आवश्यकता पर्दछ । पौरस्त्य संस्कृतिका पृष्ठभूमिमा भक्तपुरे समाजले अङ्गीकार गर्दै आएका आफ्ना मौलिक प्रथा र परम्पराहरूलाई समेत केकस्ता स्थानमा समावेश गरिएको छ भन्ने कुराको अध्ययनका लागि सांस्कृतिक उपकरणहरूको सहयोग लिइएको छ । कृतिमा उपन्यासकारले आफ्नो संस्कृति, सभ्यता र परम्पराको जगेर्ना गर्न सके मात्र जुनकुनै जातजातिको अस्तित्व सुरक्षित रहन सक्ने सन्देश प्रवाह गरेका छन् । ज्यापु समुदायलाई राज्य र समाजका अन्य पक्षबाट त्यति राम्रो दृष्टिले नहेरिएको सन्दर्भमा उपन्यासकारले यस समुदायको गौरवपूर्ण अतीत उद्घाटन गरी उच्च मनोबलका साथ अगाडि बढ्नका लागि मार्गप्रशस्त गर्ने काम गरेका छन् । इतिहास र सामाजिक यथार्थको दोसाँधमा रहेको प्रस्तुत उपन्यासले नेपाली ऐतिहासिक उपन्यास परम्परामा फरक किसिमको धारलाई आमन्त्रण गरेको छ । मातृप्रधान समाजका रूपमा रहेको ज्यापु समुदायकी शिक्षित, अनुशासित र संस्कृतिप्रेमी नारी पात्र चकनालाई प्रमुख नायिकाको भूमिका दिएर रचना गरिएको प्रस्तुत उपन्यासले भक्तपुरको संस्कृति, समाज र इतिहासलाई चियाउने आँखीझ्यालको रूप ग्रहण गरेको छ । ऐतिहासिक, सांस्कृतिक, सामाजिक र साहित्यिक मूल्यले समेत उच्च स्थान प्राप्त गर्न सकेको प्रस्तुत उपन्यास नेपाली साहित्यमा महत्त्वपूर्ण कृतिका रूपमा रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
12

Author Biography

प्रेमनारायण Premnarayan भुसाल Bhusal, बुढानीलकण्ठ स्कुल, काठमाडौँ

अध्यापक 

Downloads

Published

2022-12-31

How to Cite

भुसाल Bhusal प. P. (2022). ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novel}. Prajna प्रज्ञा, 123(1), 117–128. https://doi.org/10.3126/prajna.v123i1.62636

Issue

Section

साहित्यिक अध्ययन Literary Studies