स्वास्नीमान्छे उपन्यासमा प्रगतिवादी चेतना {Progressive Consciousness in the Novel Swasni Manchhe}

Authors

  • वीरेन्द्र Birendra बुढा Budha द्रोणाचल क्याम्पस, दैलेख

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62642

Keywords:

वर्ग, चेतना, सङ्घर्ष, शोषित वर्ग, शाषक वर्ग

Abstract

प्रस्तुत लेखमा हृदयचन्द्रसिंह प्रधान १९७२–२०१६) को प्रगतिवादी उपन्यास ‘स्वास्नीमान्छे’ २०११) को माक्र्सवादी मान्यताका आधारमा अध्ययन गरिएको छ । उपन्यासमा रहेको वर्गसङ्घर्ष, शोषित वर्गप्रतिको लेखकको सहानुभूति र वर्गमुक्ति अनि वर्गन्याय चेतनाको अध्ययन गर्नका लागि पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । गुणात्मक ढाँचाको यस लेखमा पाठ विश्लेषणात्मक अध्ययन विधिको प्रयोग गरिएको छ । समष्टि विधि सेन्सस मेथड) बाट प्राथमिक सामग्रीका रूपमा ‘स्वास्नीमान्छे’ उपन्यासलाई लिइएको छ र यसबाट प्रगतिवादी विचार झल्काउने गुणात्मक प्रकृतिका शाब्दिक तथ्याङ्क सङ्कलन गरी तिनको निगमनात्मक, आगमनात्मक अध्ययनका सहायताले सामग्रीको विश्लेषण र मूल्याङ्कन गरी उपन्यासभित्रका साक्ष्य र तर्कद्वारा अध्ययनमा प्रस्तुत दाबीलाई पुष्टि गरिएको छ । द्वितीय सामग्रीका रूपमा पूर्वीय र पाश्चात्य समालोचना तथा माक्र्सवादी समालोचनासँग सम्बन्धित सामग्रीको उपयोग गरिएको छ । उपन्यासको अध्ययन गर्दा उपन्यासमा शोषक र शोषित दुई वर्गबिचको द्वन्द्व चरमसीमामा पुगी शोषित वर्गले आफ्नो मुक्तिका लागि शोषक वर्गको हत्यासमेत गर्न पुगेका छन् । शोषित वर्गहरू वर्गीय हितका लागि सङ्गठित भएका छन् । शोषित वर्गका पात्रहरूमा वर्गचेतनाको विकास भइसकेको छ । उनीहरू वर्गमुक्तिका लागि जस्तोसुकै कदम उठाउन पनि तयार छन् । अध्ययनमा उपन्यासकारले शोषित वर्गमाथि भइरहेको अन्याय अत्याचार निर्मुल गरी सुन्दर समाज निर्माणका लागि तयार हुन शोषित वर्गलाई आह्वान गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
12

Author Biography

वीरेन्द्र Birendra बुढा Budha, द्रोणाचल क्याम्पस, दैलेख

उपप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

बुढा Budha व. B. (2022). स्वास्नीमान्छे उपन्यासमा प्रगतिवादी चेतना {Progressive Consciousness in the Novel Swasni Manchhe}. Prajna प्रज्ञा, 123(1), 129–139. https://doi.org/10.3126/prajna.v123i1.62642

Issue

Section

साहित्यिक अध्ययन Literary Studies