बान्तवा राईहरूको सुप्तुलुङमा पितृहरूको स्थान र दायित्व {Place and Responsibilities of Ancestors in Suptulung of Bantwa Rai Community}

Authors

  • चन्द्रकुमार Chandra Kumar राई Rai

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62653

Keywords:

किरात, राई, बान्तावा, सुप्तुलुङ, पितृ, मुन्दुम

Abstract

प्रस्तुत लेख बान्तावा राईहरूको आस्थाकेन्द्र सुप्तुलुङमा केन्द्रित छ । सुप्तुलुङ खाना पकाई खाने तीन चुला ढुङ्गाको एकीकृत स्वरूप हो । त्यसअतिरिक्त पितृहरूको निवासस्थल तथा शक्तिको स्रोतकेन्द्र रहेको विश्वास छ । विश्वासअनुसार यिनै सुप्तुलुङमा पितृहरू निवास गर्दै सन्तानको रक्षा गर्ने गर्दछन् । बान्तावा राईहरूको विश्वासमा पितृहरू नै सर्वोच्च शक्ति हुन् । सुप्तुलुङका तीन ढुङ्गाहरू भिन्न तीन शक्तिको प्रतीक मानिन्छन् र त्यही प्रतीकका आधारमा पुजिने र शक्ति आर्जन हुने विश्वास छ । यी तीन शक्तिहरूमा पुरुष शक्ति, महिला शक्ति र समाज प्रतिनिधि शक्ति हुन् । यी तीन शक्तिहरूमा पुरुष प्रतीक शक्ति अन्न, महिला प्रतीक लक्ष्मी र समाज प्रतीक प्रतिष्ठा तथा एकतासँग सम्बन्धित भएको देखिन्छ । यति मात्र होइन सुप्तुलुङमा बस्ने पितृहरूले नयाँ घर र परिवारको नयाँ सदस्यलाई मान्यता दिने, समाजको आवश्यकतालाई महत्त्वका साथ जोड दिई परिवारमा नैतिकता तथा सुब्बेफाब्बे कायम राख्ने भूमिकासमेत निर्वाह गरेको पाइन्छ । यसरी प्रस्तुत लेखमा सुप्तुलुङले पितृसँग अन्तरसम्बन्धित भई सन्तानका लागि त्रिआयामिक दायित्व निर्वाह गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
11

Author Biography

चन्द्रकुमार Chandra Kumar राई Rai

स्वतन्त्र अन्वेषक तथा संस्कृतिविद् 

Downloads

Published

2022-12-31

How to Cite

राई Rai च. C. K. (2022). बान्तवा राईहरूको सुप्तुलुङमा पितृहरूको स्थान र दायित्व {Place and Responsibilities of Ancestors in Suptulung of Bantwa Rai Community}. Prajna प्रज्ञा, 123(1), 221–234. https://doi.org/10.3126/prajna.v123i1.62653

Issue

Section

सांस्कृतिक अध्ययन Cultural Studies