‘कर्तव्य’ कथाको परिवेश

Authors

  • Bishnu Neupane सरस्वती बहुमुखी क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/prajna.v126i1.86307

Keywords:

एकादशीको दिन, पिपले खेत, मङ्गलधुन, मृत्युसंस्कार, विवाह संस्कार

Abstract

प्रस्तुत लेख गुरुप्रसाद मैनालीको नासो कथासङ्ग्रहमा समाविष्ट कर्तव्य कथामा प्रयुक्त परिवेशको अध्ययनमा केन्द्रित छ । कथामा परिवेशको विशेष महत्त्व रहन्छ । कथानकलाई आरम्भ, विकास र अन्त्यको ढाँचामा विभक्त गर्न; कथानकलाई गति प्रदान गर्न; पात्रलाई प्रतिकूल तथा अनुकूल प्रभाव पार्न; कथामा जीवन्तता प्रदान गर्न; कथामा विश्वसनीयता सिर्जना गर्न; कथामा सजीवता र स्वाभाविकता प्रदान गर्न; पात्रहरूको परिचय तथा चरित्राङ्कन गर्न परिवेशको भूमिका रहन्छ । यस लेख परिवेश चित्रण र विश्लेषणसम्बन्धी नवीनतम सैद्धान्तिक धारणाका पक्षहरू स्थान, समय र वातावरणको अध्ययन सैद्धान्तिक रूपमा गर्नुका साथै कर्तव्य कथामा केकस्तो परिवेश प्रस्तुत छ भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर कर्तव्य कथामा प्रयुक्त परिवेशलाई केन्द्रीयतामा राखी विश्लेषण कार्यलाई सम्पन्न गरी निष्कर्षमा पु¥याउने उद्देश्यमा केन्द्रित रहेको छ । कर्तव्य कथा प्रस्तुत लेखको मुख्य स्रोत सामग्री हो । पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय स्रोतका सैद्धान्तिक सामग्रीहरूलाई आधार बनाएर पहिचानात्मक तथा विश्लेषणात्मक विधिमा आधारित रहेर सम्पन्न गरिएको यो लेख परिवेशसम्बन्धी सैद्धान्तिक अवधारणाका साथै कर्तव्य कथामा प्रयुक्त परिवेशको अध्ययनका दृष्टिले विशेष महत्त्वको रहेको छ । गङ्गाधरको घर तथा त्यस वरिपरिका विभिन्न गाउँ तथा ठाउँहरू, शशीधरको ससुराली गाउँ, जन्त जाँदा बाटामा पर्ने ठाउँहरू कर्तव्य कथाका स्थानगत परिवेश हुन् । वि.सं. २००८ आसपासको समय जसमा गङ्गाधर बितेपछिको पैँतालिस दिन, मुरलीधर र श्रीधरको विवाद भएको केही महिना, शशीधरको विवाह कर्म र मुरलीधरले भाइलाई उपचार गराएसम्मको समय नै कथाको समयगत परिवेश हो । विवाह संस्कार, मृत्यु संस्कार, सम्पत्तिका नाममा भाइ–भाइबिचमा हुने झगडा जस्ता सांस्कारिक परिवेश; मुरलीधरको पण्डित्याइँ, उनले सप्ताह र पुराण लगाएको सन्दर्भ, श्रीधरले आफ्नो संस्कारलाई छाडेर विकृत संस्कार अपनाएको सांस्कृतिक परिवेश; सय मुरी जिउनी खेत भएको आर्थिक परिवेश नै कथाका वातावरणगत परिवेश हुन् । कर्तव्य कथाको स्थान, समय र वातावरणगत परिवेश खोज्नु, पहिल्याउनु र विश्लेषण गर्नु नै यस लेखको प्राप्ति हो ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-11-13

How to Cite

Neupane, B. (2025). ‘कर्तव्य’ कथाको परिवेश. Prajna प्रज्ञा, 126(1), 67–82. https://doi.org/10.3126/prajna.v126i1.86307

Issue

Section

Articles