समानान्तर आकाश उपन्यासमा लैङ्गिक सचेतता
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86364Keywords:
पितृसत्ता, लैङ्गिकता, शक्तिसन्तुलन, स्वको चेतनाविकास, समताAbstract
प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सिद्धान्तको केन्द्रीयतामा पद्मावती सिंहको समानान्तर आकाश उपन्यासको विश्लेषण गरिएको छ । समानान्तर आकाश उपन्यासमा लैङ्गिक सचेतताका केकस्ता सूचकहरूको प्रयोग गरिएको छ भन्ने शोधप्रश्नको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । पितृसत्ताको समानान्तरतामा मातृसत्ताको स्थापना, शरीर र स्वको चेतनाविकास तथा महिला र पुरुषको सहकार्यात्मक सम्बन्धमा जोड गरी तीनओटा मानदण्डका आधारमा उक्त उपन्यासको मूल्याङ्कन यस लेखमा गरिएको छ । मानवीय श्रेष्ठतालाई कलङ्कित तुल्याउने लैङ्गिक विभेद र उत्पीडनलाई किनाराकृत गरी इमानदारी र जवाफदेहिताका साथ पुरुषले महिलाको र महिलाले पुरुषको अस्तित्व र अस्मितालाई स्विकार्ने, एउटा पक्षले अर्को पक्षलाई हार्दिक प्रेम गर्ने, आपसी समन्वय र सहकार्यमा जीवन बिताउने तथा उत्पन्न हरेक समस्यालाई विवेकसम्मत तरिकाले आपसी छलफलबाट समाधान खोज्ने जस्ता कुराहरूलाई उक्त कृतिमा सर्वोपरि महत्त्व दिइएको छ । उपर्युक्त प्रकृतिको आचरण र व्यवहार महिला र पुरुष दुवैले अवलम्बन गर्दा समाजबाट लैङ्गिक विषमता हटी सामाजिक समता कायम भई समतामूलक समाजको स्थापना हुने र त्यस कार्यले समग्र मानव जीवनमूल्य र मानवीय श्रेष्ठता कायम भई लोकहित हुने सचेततासम्बन्धी विचारको सम्प्रेषण यस उपन्यासमा गरिएको एवम् यस्तो लोककल्याणकारी विमर्शलाई प्रभावान्वितिपूर्ण ढङ्गले पाठकसमक्ष पुर्याउने कलात्मक र सिर्जनात्मक सामथ्र्य उपन्यासकार पद्मावती सिंहमा रहेको तथा बौद्धिक वर्ग लैङ्गिक समानता र समताका निम्ति प्रतिबद्ध रहनुपर्ने सार प्राप्त हुनुलाई यस लेखको निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।