https://www.nepjol.info/index.php/prajna/issue/feed Prajna प्रज्ञा 2023-12-13T00:00:00+00:00 Prof. Dr. Gopindra Paudel gopindra.tu@gmail.com Open Journal Systems
Prajna is a peer-reviewed journal published by the Nepal Academy, Kamaladi, Kathmandu, Nepal.
https://www.nepjol.info/index.php/prajna/article/view/60518 सङ्घीय नेपालको भाषिक नीति तथा लोपोन्मुख भाषाहरू 2023-12-08T06:15:05+00:00 यज्ञेश्वर निराैला office@nepalacademy.gov.np
बहुभाषिक मुलुक नेपालमा अङ्ग्रेजी, फ्रान्सेली, रसियालीलगायत विदेशी भाषालाई समेत सूचीबद्ध गरी २०६८ सालको जनगणनालाई आधार मानेर १२३ ओटा मातृभाषा बोलिने तथ्य केन्द्रीय तथ्याङ्क विभागले प्रकाशमा ल्याएको छ । नेपालमा मात्र बोलिने कुसबाडिया, सियार, थुदाम, धानुक, वालुङ, तोप्केगोला, फ्री, लार्के, मुगाली, ल्होपा, छैरोतनलगायतका कतिपय मातृभाषाका वक्ता सयभन्दा कम देखिएका छन् । यस्ता भाषालाई अतिसङ्कटग्रस्त र मृत्युको मुखमा पुगेका भनेर मान्नुपर्ने हुन्छ । यी भाषाका वक्ता हराए भने भाषा नै संसारबाट लोप भएर जान्छ र जातिको अस्तित्व पनि पूर्णतः लोप हुन्छ । यस्ता भाषाको संरक्षण र संवर्धन गर्न विशेष भाषानीति र भाषा योजना तय गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ । प्रस्तुत लेखमा नेपालमा बोलिने लोपोन्मुख भाषाहरूको अवस्था के कस्तो छ भन्ने कुरा प्रकाश पारिएको छ । साथै, नेपालको भाषानीति तथा भाषिक प्रकार्यलाई प्रस्तुत गर्दै सङ्कटापन्न एवं अति सङ्कटापन्न अवस्थामा रहेका नेपालमा बोलिने भाषाहरूको पहिचान गरी ती भाषालाई के कसरी जोगाउन सकिन्छ भन्ने कुराको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60520 ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व 2023-12-08T07:00:36+00:00 अनिल अधिकारी office@nepalacademy.gov.np
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60565 चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन 2023-12-10T09:22:57+00:00 अमृता शर्मा office@nepalacademy.gov.np
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60579 ‘त्यो फेरि फर्कला ?’ कथामा यौन अभिव्यक्तिको स्वरूप 2023-12-11T05:04:53+00:00 अम्बिकाप्रसाद डाँगी office@nepalacademy.gov.np
भवानी भिक्षुको ‘त्यो फेरि फर्कला ?’ कथामा प्रस्तुत यौन अभिव्यक्तिको स्वरूपसँग प्रस्तुत लेख सम्बन्धित छ । यसै क्रममा कथाकार भिक्षुको यौनकथा लेखनगत प्रवृतिलाई पनि सङ्क्षेपमा चिनाइएको छ । भिक्षुको ‘त्यो फेरि फर्कला ?’ कथालाई यौन कथागत मूल्यमान्यता र अवधारणामा आधारित भई कथामा अभिव्यञ्जित यौनका स्वरूपको पहिचान गर्नु नै यस लेखको उद्देश्य हो । यो अध्ययन गुणात्मक विधिमा आधारित छ । अध्ययनका क्रममा पुस्तकालय कार्यका माध्यमले सामग्री सङ्कलन गरी वर्णनात्मक, विश्लेषणात्मक एवं तार्किक विधिको उपयोग गरी सामग्रीको अध्ययन–विश्लेषण गरिएको छ । अध्ययनबाट शिष्ट, मर्यादित एवं श्लील रूपमा यौनलाई केन्द्रमा राखेर आन्तरिक मनोयथार्थको विचरण गर्ने सफल यौन कथाकारका रूपमा भवानी भिक्षु रहेको निष्कर्ष प्राप्त भएको छ । यौनकथाको पहिचान गर्न सघाउ पुग्ने हेतुले सङ्क्षेपमा सैद्धान्तिक पर्याधार र कथामा यौनको तात्पर्यबारे चर्चा गरिएको छ । यौवनको सिंढी चढ्दै गर्दा सानीमा देखापरेको युवकप्रतिको प्रेमाशक्तिका कारण जागृत भएको एकोहोरो प्रेमले निम्त्याएका पट्यारलाग्दा दिनचर्या एवं युवक र सानीको ‘प्रेम’प्रतिको भिन्न मनोलोकका कारण दुर्घटित हुन पुगेको सानीको एकपक्षीय असफल प्रेम तथा यौन अभिव्यक्तिका मूलभूत प्रकृतिहरू प्रेमको अमरत्व, सामाजिक मर्यादा, कल्पना, भावावेग र हीनताबोध रहेका छन् । यस लेखमा यौन अभिव्यक्तिका यी विविध पक्षको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60580 सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना 2023-12-11T05:22:44+00:00 उषा आचार्य office@nepalacademy.gov.np
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60582 ‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना 2023-12-11T05:35:40+00:00 चेतनारायण पौडेल office@nepalacademy.gov.np
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60583 उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता 2023-12-11T05:49:10+00:00 ज्ञानु अधिकारी office@nepalacademy.gov.np
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60584 सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना 2023-12-11T06:02:18+00:00 ढुण्डिराज पहाडी office@nepalacademy.gov.np
प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’ मा समेटिएका गीतिरचनाबाटै साक्ष्य र तथ्य सङ्कलन गर्दै गीतको अन्तर्वस्तु र त्यसलाई आस्वाद्य बनाउने गीति शिल्पको विश्लेषण गरिएको छ । नेपालका राष्ट्रिय विभूति तथा वीर पूर्वजप्रतिको श्रद्धा, हिमाली राष्ट्र नेपालको अनुपम प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण, नेपाली संस्कृतिको तीव्र अनुराग र आफ्नो मातृभूमि नेपालको समुन्नतिप्रतिको उच्च समर्पण जस्ता विशिष्ट प्रवृत्तिसहित सत्यमोहन जोशीको राष्ट्ररागको संवेग विवेच्य गीतिरचनामा अभिव्यञ्जित भएको छ । प्रस्तुत अध्ययनमा बहुआयामिक नेपाली संस्कृतिको अन्तज्र्ञान र चिन्तनबाट विकसित सत्यमोहन जोशीको राष्ट्रचेतको अन्तर्दृष्टि बहुजातीय नेपाली संस्कृतिको जगमा निर्मित राष्ट्रिय संस्कृति र सहअस्तित्वकै प्रतिबिम्बन हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60586 शिरीषको फूल उपन्यासमा प्रभुत्वशाली पुरुषत्व 2023-12-11T06:19:38+00:00 नेत्र एटम office@nepalacademy.gov.np
प्रस्तुत लेखमा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त प्रभुत्वशाली पुरुषत्वका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको वैचारिकता निरूपण गरिएको छ । ‘शिरीषको फूल’ उपन्यासमा पुरुष र महिला पात्रहरूमा निहित व्यवहार, चरित्र र विचारधाराको चित्रण गरी प्रभुत्वशाली पुरुषत्वको परम्परागत पितृसत्तात्मक चिन्तन र त्यसले सिर्जना गरेको लैङ्गिक भूमिकाको सम्पादनलाई कसरी उद्घाटन गरिएको छ भन्ने देखाउँदै पुरुषत्व र सामाजिक भूमिकाका बिचको पारस्परिकता स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसमा प्रभुत्वशाली पुरुषत्वका आधारमा शिरीषको फूल उपन्यासको अध्ययनका निम्ति कोन्नेल सन् १९९४) का आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी पाठगत विश्लेषण गरिएको छ । यस क्रममा प्रतिस्पर्धी मनोभाव, अपराध र हिंसा, कठोरता, र महिलाको वस्तुकरण गरी चार पक्षलाई प्रभुत्वशाली पुरुषत्वको मूल्याङ्कनको आधार बनाइएको छ । यस लेखमा पात्रका कार्य, चरित्र, प्रतिक्रिया आदिका साक्ष्यका आधारमा उपर्युक्त चार पक्षको खोजी गरी शिरीषको फूल उपन्यासमा पुरुष पात्रले महिलाप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तन परम्परागत सामाजिक लैङ्गिक भूमिकाअनुरूप रहेको तर त्यस कार्यसम्पादनमा अवरोध सिर्जना भएको अवस्थामा अपराध एवं हिंसामा पुगी प्रभुत्वशाली पुरुषत्वको उग्रतापूर्ण प्रकटीकरण भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60588 ‘तिउरीको फूल पायरियाको गन्ध’ कथामा अग्रभूमि निर्माण 2023-12-11T06:47:39+00:00 बाबुराम आचार्य office@nepalacademy.gov.np
साहित्यिक रचनामा लेखकद्वारा नवीनता सिर्जना कसरी भएको छ भनेर हेर्ने मुख्य आधार अग्रभूमि निर्माण हो । यसले रचनाको कुनै विशेष भागलाई विशिष्ट बनाउन त्यसमा विशेष जोड दिएर अगाडि ल्याउने काम गर्दछ । यो साहित्यिक कृतिको शैलीविश्लेषण गर्ने विशेष पद्धति हो । समानान्तरता र विचलन अग्रभूमि निर्माणका मुख्य आधार हुन् । शाब्दिक तथा आर्थी पुनरुक्तिले समानान्तरतालाई जनाउँछ भने नियम वा मानकको उल्लङ्घनले विचलनलाई चिनाउँछ । काव्यात्मक भाषा भएका साहित्यिक रचनामा अग्रभूमि निर्माणको प्रक्रिया सशक्त रूपमा प्रस्तुत भएको हुन्छ । काव्यका अतिरिक्त पारिजातका कतिपय कथा उपन्यासमा पनि काव्यात्मक भाषाको प्रयोग भएको हुनाले अग्रभूमि निर्माणका उपकरणका आधारमा शैलीविश्लेषण गर्न सकिने मान्यतालाई उनको ‘तिउरीको फूल पायरियाको गन्ध’ कथाबाट उदाहरण लिएर पुष्टि गरिएको छ । यस आलेखमा सैद्धान्तिक धारणाको उपस्थापनपछि उदाहरण प्रस्तुत गरिएको हुनाले निगमन विधिको उपयोग भएको छ । विश्लेष्य कथामा समानान्तरता र विचलनको प्रयोगद्वारा मान्छेले कुरूप देखेको वस्तुलाई पनि यौन भावनाले हे¥यो भने सुन्दर देखिन्छ भन्ने मूल मर्म प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत भएको विचारसहित यसबाट कुनै पनि साहित्यिक कृतिको समानान्तरता र विचलनका आधारमा शैली विश्लेषण गर्न सकिने आधार स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60590 ‘बाढी’ कवितामा बल 2023-12-11T07:10:12+00:00 भवीन्द्र कुँवर office@nepalacademy.gov.np
मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60592 अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण 2023-12-11T07:38:16+00:00 यादवप्रसाद शर्मा office@nepalacademy.gov.np
‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आधारमा विश्लेषण गरिएको छ । सर्वप्रथम अश्वत्थामा गीति नाटकको सूक्ष्मपठन गरी सशक्त रूपमा ध्वन्यात्मक अभिव्यक्ति भएका केही पङ्क्तिहरू ठम्याई तिनको ध्वन्यात्मक अभिव्यञ्जनाको गवेषण गरिएको छ अनि आफ्नो शिरमा कहिल्यै निको नहुने घाउ र कहिल्यै नमेटिने युद्धापराधको कलङ्क बोकेर अनन्त कालसम्म अभिशप्त जीवन बाँच्न विवश अश्वत्थामाको पश्चात्ताप एवं प्रायश्चित्तका माध्यमबाट जैविक, रासायनिक एवं पारमाणविक शस्त्रास्त्रको आविष्कार गरेर युद्धको होडबाजी गरी सम्पूर्ण सृष्टिलाई सङ्कटमा पार्न युद्धपिपासुहरूले गरेका तथा गर्न सक्ने जघन्य युद्धअपराधप्रति मानव जातिलाई सजग गराउँदै युद्धबाट कसैको कल्याण नहुने र अन्ततः युद्धपिपासुहरूका लागि पनि युद्ध अभिशाप नै साबित हुने कुरा अभिव्यञ्जित गरिएको कुरा औँल्याइएको छ । अश्वत्थामाका माध्यमबाट सम्भाव्य भावी युद्धको पूर्वपीडालाई कलात्मक रूपमा प्रस्तुत गरी संवेदनाशून्य मानवमा मानवीय संवेदना एवं सजगता जगाउने प्रयास गरिएको यो नाटक युद्धविरोधी चेतनाको सशक्त अभिव्यञ्जन गर्न सफल छ । यस्तो सघन भाव एवं अनुभूतिलाई पनि सहज, सरल र कलात्मकरूपमा ध्वनित गरिनु नै यस गीतिनाटकको सबल पक्ष हो । आचार्य आनन्दवर्धनको काव्य चिन्तनका आधारमा यो गीतिनाटक ध्वनिकाव्यका कोटिमा पर्न आउँछ भन्ने निष्कर्ष दिइएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60593 ‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र 2023-12-11T07:41:45+00:00 विजया बस्नेत office@nepalacademy.gov.np
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादभित्रको मूल प्रस्थापना वा केन्द्रीय अवधारणाका रूपमा रहेको विश्वदृष्टिको मान्यताका आधारमा ‘बन्द ढोका र समय’ कथाको अध्ययन गरिएको छ । यस क्रममा कथामा केकस्ता विश्वदृष्टिको प्रयोग गरिएको छ भन्ने कुरालाई मुख्य प्राज्ञिक समस्याका रूपमा लिइएको छ । प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नका निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरिएको छ । यस लेखमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्ध र त्यसको काम कारबाहीबाट प्रभावित नेपाली समाज र नेपाली मनस्थितिको विश्वदृष्टिलाई विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । कथामा अभिव्यक्त पात्रको अनुभूति युद्धकालीन नेपाली समाजको एउटा वर्ग वा समुदायको साझा अनुभूति बनेर आएको यथार्थतालाई स्पष्ट रूपमा चित्रण गरिएको छ । कथाभित्रको संरचनासँग तत्कालीन नेपाली समाजको युद्ध नचाहने वर्गको विश्वदृष्टिको संरचनाले समानधर्मिता कायम गरेको तथ्यलाई विभिन्न साक्ष्यद्वारा पुष्टि गरिएको छ । प्रस्तुत विश्लेषणबाट स्थूल रूपमा हेर्दा युद्धको अन्त र शान्तिको अपेक्षा गर्ने नेपाली समाजको विश्वदृष्टि कथामा प्रस्तुत भएको छ तापनि कथालाई सूक्ष्म रूपमा अध्ययन गर्दा आफ्ना बढेका छोराछोरीको जीवन सुरक्षा चाहने नेपाली समाजको एउटा वर्गको विश्वदृष्टि, आफ्ना श्रीमानको सुरक्षा चाहने नेपाली महिला समुदायको विश्वदृष्टि र सबै प्रकारका युद्धको अन्त्य चाहने नेपाली समुदायको विश्वदृष्टिसमेत कथामा रहेको निष्कर्ष निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60595 ‘बिदा’ कथामा आत्महत्याको समाजशास्त्र 2023-12-11T07:49:21+00:00 विश्वराज खतिवडा office@nepalacademy.gov.np
प्रस्तुत लेख गुरूप्रसाद मैनालीको ‘बिदा’ १९९५) कथाकी प्रमुख पात्र प्रभाले गरेकोे आत्महत्याको समाजशास्त्रीय अध्ययनसँग सम्बद्ध छ । मानिसले आत्महत्या वंशाणुगत, अनुकरण, मानसिक, सामाजिक आदिमध्ये केकस्ता कारणले गर्ने गर्दछन् भन्ने कुरामा विभिन्न विद्वान्हरूको आआफ्नै धारणा पाइन्छ । यीमध्ये समाजशास्त्री इमाइल दुर्खिमले आत्महत्या सामाजिक कारणले हुने मान्यता प्रस्तुत गरेका छन् । आत्महत्या व्यक्तिको निजी निर्णय भए पनि मानिसलाई आत्महत्यातर्फ उन्मुख गराउने मूल कारण सामाजिक परिबन्द नै हो भन्ने समाजशास्त्री दुर्खिमको मान्यता हो । यस लेखमा दुर्खिमले प्रतिपादन गरेको उपर्युक्त समाजशास्त्रीय मान्यताका आधारमा कथाकी पात्र प्रभाले गरेको आत्महत्याको कारणको खोजी गरिएको छ । यहाँ दुर्खिमको मान्यताअनुरूप नै ‘बिदा’ कथामा कथाकी मुख्य पात्र प्रभा तत्कालीन सामाजिक परिस्थितिकै कारण आत्महत्या गर्न बाध्य भएकी हो भन्ने कुरा सिद्ध भएकोे निष्कर्ष निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60596 साइनो : सैद्धान्तिक विमर्श 2023-12-11T07:54:30+00:00 शेखर अर्याल office@nepalacademy.gov.np
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं. २०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60599 नेपाली लोककथामा लोकविश्वास 2023-12-11T09:39:59+00:00 साधना पन्त प्रतीक्षा office@nepalacademy.gov.np
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्त्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60600 एकान्त भिड कवितासङ्ग्रहमा श्यामव्यङ्ग्य 2023-12-11T09:50:14+00:00 सुदेश सत्याल office@nepalacademy.gov.np
प्रस्तुत लेखमा अमृतद्वारा लिखित ‘एकान्त भिड’ कवितासङ्ग्रहमा प्रयुक्त श्यामव्यङ्ग्यको बारेमा अध्ययन गरिएको छ । समकालीन नेपाली कविता परम्परा २०४६—२०७९) मा अपनाइएका विविध विषयवस्तुमध्ये श्यामव्यङ्ग्यको विशिष्ट महत्त्व रहेको देखिन्छ । विशेषतः आख्यान र नाटकमा सशक्त बनेर देखा परेको श्यामव्यङ्ग्य पछिल्लो समय कवितामा पनि सशक्त भएर देखा परेको छ । राज्यको व्यवस्था, राजनीति, नेतृत्व वर्गमा देखिएको विचलनले गर्दा कविहृदय प्रतिरोधी चेतनाको संवाहक बन्न पुग्दछ । नाम मात्रको परिवर्तनले वाक्क भएर प्रदूषित बन्न पुगेको सामाजिक व्यवस्थाप्रति अभिव्यञ्जनात्मक ढङ्गबाट सचेतनाको शङ्खघोष गर्नु लेखकीय कर्तव्यव्यापार हो । यही परिवेशमा लेखिएका अमृतका कवितामा गालीगलोज, घोचपेचभन्दा पर पुगेर सङ्गत असङ्गत युगीन व्यङ्ग्य र स्वैरकाल्पनिक अभिव्यञ्जनाको आधारमा विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60601 ध्रुव नाटकमा त्यागसम्बन्धी दर्शन 2023-12-11T09:56:44+00:00 राधिका गुरागाईँ office@nepalacademy.gov.np
प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यताका आधारमा ‘ध्रुव’ नाटकको विवेचना गरिएको छ । बालकृष्ण समको ‘ध्रुव’ पारिवारिक, सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गरिएको पौराणिक कथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख, इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । ‘ध्रुव’ नाटकको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु, इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिर लैजान्छ भने यसको त्यागले सुख, शान्ति र परम आनन्द प्राप्त हुन्छ, मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकलाप र संवादको विश्लेषण गरिएको छ । उपनिषद्, गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग, द्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययन गरी ज्ञान, प्रेम र सेवाभावले प्रेरित भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविक सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60604 सँगिनीमा व्यक्त संस्कृति 2023-12-11T10:07:02+00:00 कुलराज निरौला office@nepalacademy.gov.np
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासका कारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदा जोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफू घरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरको टोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023 https://www.nepjol.info/index.php/prajna/article/view/60605 श्रीपशुपतिनाथको पुजारी परम्पराको परिशीलन 2023-12-11T10:11:15+00:00 सन्दीप सापकोटा office@nepalacademy.gov.np
सर्वाम्नायका स्वामी भगवान् श्रीपशुपतिनाथको मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्यमान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनी हिन्दूहरूको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरू पनि हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग सम्बन्धित विषयहरू हुन् । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रूपले अद्यापि चलिआएको सुदीर्घ परम्परा हो । परम्परा कानुनका रूपमा रहन पुगेको हुन्छ, वैधानिकता प्राप्त गरेको हुन्छ अर्थात् त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातनदेखि चलिआएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहँदैन । सामयिक सन्दर्भमा जनजीवनसँग जोडिएर रहेको यस सम्बन्धलाई कुटनीति र द्विदेशीय सम्बन्धका रूपमा लिने, सडकमा नाराबाजी गर्ने, सामाजिक सञ्जालमा यसको शास्त्रीय एवं सांस्कृतिक पक्षलाई बुझ्दै नबुझी एकतर्फी आलोचना गर्ने गरिएको पाइन्छ जसले गर्दा जनस्तरको सम्बन्ध अहिले जटिल सम्बन्धमा रूपान्तरित हुँदै गएको छ । यस लेखमा पशुपतिनाथ मन्दिरको भट्ट परम्परा र सोसँग सम्बन्धित विविध विषयवस्तुहरूलाई उठान गरी केलाउने चेष्टा गरिएको छ ।
2023-12-13T00:00:00+00:00 Copyright (c) 2023