नेपाल-तिव्वत सम्बन्धमा थापाथली सन्धि: ऐतिहासिक मूल्याङ्कन

Authors

Keywords:

थापाथली सन्धि, नेपाल–तिब्बत सम्बन्ध, कूटनीति, व्यापार, भू–राजनीति, जङ्गबहादुर

Abstract

परिचयः सन् १८५६ मा नेपाल र तिब्बतबीच सम्पन्न थापाथली सन्धि नेपालको ऐतिहासिक कूटनीति, व्यापारिक सम्बन्ध तथा हिमाली भू–राजनीतिक इतिहासको महत्वपूर्णा दस्तावेज हो । नेपाल–तिब्बतबीच लामो समयदेखि विद्यमान व्यापारिक, मौद्रिक, सीमा तथा नेपाली व्यापारीको सुरक्षासम्बन्धी विवादका कारण सन् १८५५–१८५६ मा युद्धभएको थियो। युद्धपछि सम्पन्न थापाथली सन्धिले दुई देशबीचको सम्बन्धलाई नयाँ राजनीतिक, आर्थिक र कूटनीतिक आधार प्रदान गर्यो । यस अध्ययनको मुख्य उदेश्य थापाथली सन्धिको ऐतिहासिक पृष्भूमि, कारण, प्रमुख प्रावधान तथा यसको आर्थिक, कूटनीतिक, सामरिक र भू–राजनीतिक महत्त्वको विश्लेषण गर्नु हो । साथै, सन्धिले नेपाल–तिब्बत तथा नेपाल–चीन सम्बन्ध र हिमाली शक्ति–सन्तुलनमा पारेको प्रभाव पहिचान गर्नु अध्ययनको उदेश्य हो । अध्ययन ऐतिहासिक तथा गुणात्मक अनुसन्धान विधिमा आधारित छ । राष्ट्यि अभिलेखालयमा रहेको थापाथली सन्धिको मूल दस्तावेज तथा नेपाल, भारत र बेलायतका इतिहासकारद्वारा प्रकाशित पुस्तक र अन्य द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी तुलनात्मक ऐतिहासिक विधिबाट विश्लेषण गरिएको छ । अध्ययनले थापाथली सन्धिले नेपाललाई तिब्बतमा व्यापारिक सुविधा, ल्हासामा नेपाली प्रतिनिधि राख्ने अधिकार, नेपाली व्यापारीको सुरक्षा तथा वार्षिक १० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था दिलाएको देखाएको छ । यसले नेपालको आर्थिक हित, कूटनीतिक प्रभाव र सामरिक स्वायत्तता सुदृढ गर्दै हिमाली भू–राजनीतिमा नेपालको महत्वपूर्ण भूमिका स्थापित गरेको निष्कर्ष निकालिएको छ ।    
    

Abstract
42
PDF
37

Author Biography

Gopal Prasad pokheral, डग्रिी क्याम्पस, बरिाटनगर

उपप्राध्यापक 

Downloads

Published

2026-09-22

Issue

Section

Articles

How to Cite

Pokheral, G. P. (2026). नेपाल-तिव्वत सम्बन्धमा थापाथली सन्धि: ऐतिहासिक मूल्याङ्कन. Pranayan प्रणयन, 27(9), 136-148. https://doi.org/10.3126/pranayan.v27i9.100391