‘पल्लोखण्डको छत’ र ‘अहङ्कारको स्वर’ कथामा पिँढी र प्रभुत्व
DOI:
https://doi.org/10.3126/pranayan.v25i7.77930Keywords:
पहिचान, प्रतिनिधित्व, समाजशास्त्र, वर्गAbstract
प्रस्तुत लेखमा रमेश विकलका कथासङ्ग्रहमा सङ्कलित‘ कथामा पिँढी र प्रभुत्वको अध्ययन गरिएको छ । रमेश विकलका कथा कथासङ्ग्रहका कथासङ्ग्रहमा सङ्कलित प्रस्तुत ‘पल्लो खण्डको छत’ र ‘‘अहङ्कारको स्वर’ कथामा पिँढी र प्रभुत्वका दृष्टिले विश्लेषण गरिएको छ । पुस्तकालयीय सामग्री सङ्कलन कार्यबाट सामग्री सङ्कलन गरी समाजशास्त्रीय समालोचनाका क्रममा विकसित अनुभूतिको संरचनाको समालोचनालाई सैद्धान्तिक आधार मानी त्यसको अध्ययनका क्रममा प्रतिपादन भएका मान्यताका आधारमा अनुभूतिको संरचना अन्तर्गत पर्ने पिँढी र प्रभुत्वको सैद्धान्तिक आधार तयार गरी त्यसैका आधारमा कथाको विश्लेषण गरिएको छ । रेमण्ड विलियम्सद्वारा प्रतिपादित समाजशास्त्रीय समालोचना प्रस्तुत शोधको सैद्धान्तिक आधार हो । समाजशास्त्रीय अध्ययनका क्रममा अनुभूतिको संरचनाका मान्यता प्रतिपादन भएका छन् । ती मध्ये पिँढी र प्रभुत्व र दबाब र तनाव सम्बन्धी मान्यता पनि हुन् । प्रस्तुत साहित्यसँग सम्बद्ध भएकाले यसमा मुख्यतः गुणात्मक शोधढाँचा अबलम्बन गरिएको छ । यस लेखमा विश्लेष्य सामग्री कथाका पाठ भएकाले तिनको सूक्ष्म पठन गरी तिनमा पाइने पिँढी र प्रभुत्व तथा त्यसबाट उत्पन्न दबाब र तनावजन्य अनुभूतिको संरचनाको खोजी गरी विश्लेषण गरिएको छ । त्यसैले यसको अर्थापन पद्धति मूल रुपमा पाठ विश्लेषण विधिमा आधारित छ पिँढी र प्रभुत्व अन्तर्गत रमेश विकलका कथामा प्रभुत्वशाली, अधीनस्थ र उदीयमान गरी तीन प्रकारका पिँढीगत अवस्था रहेको निरुपण गरिएको छ । यसमा प्रभुत्वशाली पिँढी अन्तर्गत सत्तामा रहेका, सत्ता वरिपरि रहेका, मुखिया, जिम्वाल आदि शोषक, सामन्त रहेका छन् । यिनले अधीनस्थ पिँढीमाथि आफनो वर्चस्व कायम गरी शोषण, दमन, अन्याय, अत्याचार गरी उनीहरुलाई घरबारविहीन समेत बनाएका छन् । अधीनस्थ पिँढी अन्तर्गत प्रायः सोझा सिधा गाउँले सर्वसाधारण जनता रहेका छन् । उनीहरु प्रभुत्वशाली पिँढीको निगाहामा आफूहरु बाँचेको ठानेका छन् त्यसैले उनीहरु आफूहरुमाथि भएको शोषण, दमनको विरोध गर्न नसकी स्वीकार्न बाध्य छन् । उदीयमान पिँढीअन्तर्गत प्रभुत्वशाली पिँढीको शोषण, दमन, अन्याय, अत्याचारको शसक्त विरोध गरी वैकल्पिक संस्कृतिको निर्माण गर्ने चरित्र रहेका छन् । यी कुरा साक्ष्यका आधारमा पुष्टि गरिएको छ ।