आठराई गाउँपालिकाका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था
DOI:
https://doi.org/10.3126/pranayan.v25i7.77944Keywords:
गुणस्तरीय, शैक्षिक सुशासन, विश्लेषण, पठनपाठन, मातृभाषाAbstract
नेपालमा संस्थागत रुपमा शिक्षाको विकासमा जङ्गबहादुर राणाले शासनसत्ता हातमा लिएपछि र उनी अङ्ग्रेजी शिक्षाबाट प्रभावित भए पछि अगाडि बढेको देखिन्छ । यस अध्ययनमा नेपालको शैक्षिक ईतिहासको संक्षिप्त चिनारी, साथै आठराई गाउँपालिको शैक्षिक अवस्थाको र स्थानीय सरकारले खेलेको भूमिका नियाल्ने प्रयत्न गरिएको छ । प्रस्तुत आलेखमा द्वितीय स्रोतको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । साथै क्षेत्रीय अध्ययन पद्धतिलाई सामग्री सङ्कलनको मुख्य स्रोत बनाइएको छ । यसका अतिरिक्त पुस्तकालयीय अध्ययनलाई पनि सामग्री सङ्कलनको आधार बनाइएको छ । सङ्कलित सामग्रीको व्याख्यात्मक तथा विश्लेषण पद्धतिबाट विश्लेषण गरिएको छ । आठराई गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा दिनानुदिन विद्यार्थीहरुको सङ्ख्या घट्दो रुपमा रहेको छ । अबका दिनमा विद्यालयमा विद्यार्थी घट्नाका कारणहरु पहिचान गरी सङ्घीय सरकारले तथा स्थानीय सरकारले आवश्यक कदम चाल्नु पर्ने देखिन्छ । आठराई गाउँपालिका स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले शिक्षासम्बन्धी दिएको अधिकार प्रयोग गरी विद्यालयमा गुणस्तरीय तथा शैक्षिक सुशासन कायम गर्न विद्युतीय हाजिरी र कक्षा कोठामा सिसी टिभी, अभिभावक सम्बन्धलगायत विभिन्न कार्य गरिहेको छ ।