शिक्षण अभ्यास कार्यक्रममा छात्र शिक्षक तथा सम्बद्ध प्राध्यापकहरुका अनुभव
Keywords:
शिक्षण अभ्यास, सुपरिवेक्षण, सहपाठी शिक्षण, छात्र शिक्षक, सहयोगी विद्यालयAbstract
प्रस्तुत लेखको उद्देश्य त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अन्तर्गत शिक्षण अभ्यास कार्यक्रममा छात्र शिक्षक एवम् सम्बद्ध प्रध्यापकहरुका अनुभवको विश्लेषण गर्नु रहेको छ । यस अध्ययनको उद्देश्य पूरा गर्न गुणात्मक अनुसन्धान ढाँचालाई उपयोग गरिएको छ । यहाँ आवश्यक पर्ने सूचना अध्ययनकर्ता स्वयम्ले प्राथमिक एवम् विषयसँग सम्बन्धित प्रकाशित तथा अप्रकाशित सामग्री द्वितीयक स्रोतबाट सङ्कलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा वि. स. २०८० साल शिक्षाशास्त्रको स्नातक तह चौथो वर्षमा सञ्चालित शिक्षण अभ्यास कार्यक्रममा संलग्न१२५ जना छात्र शिक्षकहरु मध्ये नियमित रुपमा कक्षामा उपस्थित हुने प्रत्येक विषयबाट एकजनाका दरले ५ जना उद्देश्यमूलक नमुना छनोट विधिको उपयोग गरी छनोट गरिएको छ । साथै सो कक्षामा अध्यापन तथा सुपरिवेक्षण समेतमा संलग्न प्राध्यापकहरु मध्ये पाँच जनालाई उद्देश्यमूलक नमुना छनोट विधिबाट नै छानिएका छन् । अभ्यास शिक्षण कार्यक्रम सफलताको पहिलो सर्त नै सम्बन्धित सरोकारवालाहरु यो कार्यक्रमका सम्बन्धमा स्पष्ट हुनुपर्ने मा त्यस्तो नदेखिएको हु ँदा यसका लागि शिक्षण अभ्यास विभागले एड्. ४४० पाठ्यक्रमको कक्षा सुरु हुनु भन्दा अगाडि छात्र शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरी विषयवस्तुप्रति सबैलाई जागरुक गराउनु पर्दछ ।साथै पाठ्यक्रमले निर्दिष्ट गरेका क्रियाकलापहरुमा संलग्न हुने विभाग, अध्यापन गर्ने प्राध्यापक तथा सुपरिवेक्षकहरुलाई जागरुक भई आनो जिम्मेवारी सहज एवम् वस्तुगत रुपमा पूरा गर्न संयुक्त बैठक एवम् सेमिनारको आयोजना अनिवार्य गर्नु पर्ने देखिन्छ । यो पाठ्यक्रम कार्यान्वयनलाई सहज वनाउन निर्माण गरिएको निर्दे शिका (सूक्ष्म, सहपाठी, विद्यालय शिक्षणको समय तथा छात्र शिक्षकहरुको अनुपात) लाई परिमार्जन गर्दै हुबहु कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ । यस क्रममा कार्यक्रमको अनुगमन गर्न निर्दे शिकाले निर्दे श गरेअनुसारको अनुगमन समिति निर्माण गरेर सो समितिको सिफारिसमा दण्ड तथा पुरस्कारको समेत व्यवस्था गर्न आवश्यक देखिन्छ । यसले गर्दा सम्बद्ध व्यक्तिहरु आ–आफनो जिम्मेवारी पूरा गर्नु का साथै पाठ्यक्रमका निर्दिष्ट उद्देश्य एवम् मर्म प्राप्त भई शिक्षण सिपमा निपुण शिक्षक उत्पादन गर्न सकिने देखिन्छ ।
Downloads
Published
Issue
Section
License
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format for non-commercial purposes only, and only so long as attribution is given to the creator.