आठराई गाउँपालिका भित्रका जातीय संस्कृति
DOI:
https://doi.org/10.3126/pranayan.v25i7.78146Keywords:
लोपोन्मुख, संस्कार, बाहुल्याता, समुदायAbstract
नेपाल बहुभाषी, बहुजाति र बहुसंस्कृतिको साझा फूलबारी हो । सबै जातजातिले आआनो भाषा र संस्कार मान्ने छुट नेपालको कानुनले स्पष्ट किटान गरेको छ । तेह्रथुमका दुई नगरपालिका र चार गाउँपालिकामध्ये आठराई गाउँपालिका पनि एक हो । लिम्बू जातिको बाहुल्य रहेको आठराई गाउँपालिकामा अन्य जातिका मानिसको पनि बसोबास रहेको छ । यस लेखमा आठराई गाउँपालिकाभित्र बसोबास गर्ने मुख्य जातिका प्रमुख संस्कृतिको चिनारी गराउने प्रयास गरिएको छ । यस लेखमार्फत् हाम्रा पितापुर्खाहरुले प्रचलनमा ल्याएका संस्कारहरुमध्ये आठराई गाउँपालिकामा के कस्ता संस्कार र सँस्कृति जीवित छन् ? ती संस्कृति कुन कुन जातिले कसरी अनुसरण गरेका छन् ? यसलाई संरक्षण् गर्न के गर्नुपर्दछ ? जस्ता समस्यामा केन्द्रीत रही प्रस्तुत आलेखमा क्षेत्रीय अध्ययन पद्धतिलाई सामग्री सङ्कलन्को मुख्य स्रोत बनाइएको छ । आठराईका लोकसाहित्य र संस्कृतिका जानिफकार व्यक्तिहरुसँग प्रत्यक्ष भेट गरी तथ्य सामग्री सङ्कलन गर्नुका साथै पुस्तकालयीय अध्ययनलाई पनि सामग्री सङ्कलनको आधार बनाइएको छ । आठराई गाउँपालिकाका भित्रका विभिन्न जातजातिका प्राचीन संस्कृति पनि पाश्चात्य संस्कृतिको प्रभाव अनि हालका युवा युवतीहरुको अङ्गेजी वा अन्य भाषामा अध्ययन गर्नुपर्ने बाध्यताका कारण यहाँको आनो संस्कृति लोप हुने अवस्थामा रहेको छ । हाम्रा संस्कृति हाम्रा सम्पत्ति भएका कारणले यी संस्कृति जोगाउन स्थानीय पाठ्यक्रममा यी संस्कार संस्कृतिसँग सम्बन्धित पाठ्यविषयलाई सैद्धान्तिक र व्यवहारिक (प्रयोगात्मक) अनिवार्य वनाउन आवश्यक देखिन्छ ।