नेपालमा सहकारी आन्दोलनः समाजवाद उन्मुख अर्थतन्त्रको वैकल्पिक आधार
DOI:
https://doi.org/10.3126/pranayan.v26i8.82199Keywords:
सहकारी, समाजवाद, उत्पादन प्रणाली, संक्रमणकालीन मोड, पुँजीवादAbstract
यस अध्ययनको मुख्य उद्देश्य सहकारीलाई समाजवाद उन्मुख आर्थिक प्रणालीको एक संक्रमणकालीन उपायको रूपमा विश्लेषण गर्नु हो । यस अध्ययनमा विभिन्न द्वितीय स्रोतबाट प्राप्त तथ्याङ्क र सूचनाहरुलाई व्याख्यात्मक विधिबाट विश्लेषण गरिएको छ । यस अध्ययनको निचोड अनुसार नेपालमा सहकारी अभियानको औपचारिक सुरुवात २००७ सालको राजनीतिक परिवर्तनपछि भएको हो भने, चितवनको शारदा नगरमा २०१३ सालमा स्थापना भएको बखान बहुउद्देश्यीय सहकारी संस्थालाई पहिलो सहकारीको रूपमा मानिन्छ । सहकारी प्रणाली समाजवाद उन्मुख आर्थिक संरचनाको एक संक्रमणकालीन रूप हो, जसले सदस्यहरूको सामूहिक श्रम, उत्पादन, र स्वशासनमार्फत आर्थिक र सामाजिक रूपान्तरणमा योगदान छ । सदस्यहरूको सामूहिक योगदान र श्रममा आधारित उत्पादनमुखी सहकारीहरू नेपालजस्ता विकासोन्मुख मुलुकहरूको वर्तमान आवश्यकता हुन्, जसले आर्थिक सशक्तीकरण, सामाजिक समावेशीकरण र स्वाभिमानी अर्थतन्त्रको विकासमा योगदान पुयाउन सक्छन् । नेपालको संविधानले सहकारीलाई समाजवाद उन्मुख अर्थनीतिको महङ्खवपूर्ण अङ्गको रूपमा मान्यता दिएको छ । माक्र्स, लेनिन, स्टालिन र माओले सहकारीलाई पूँजीवादबाट समाजवादतर्फको संक्रमणकालीन मोडका रूपमा व्याख्या गरेका छन् । यद्यपि, हाल सहकारीहरू उत्पादनमुखी भन्दा बढी बचत तथा ऋण सङ्कलनमा केन्द्रित हुँदा श्रमबिनाको फाइदामुखी प्रवृत्ति देखिन थालेको छ, जसले सहकारीको मूल मर्मलाई कमजोर बनाएको छ । माक्र्सवादी दृष्टिकोणले सहकारीलाई समाजवादतर्फको संक्रमणकालीन प्रारूपका रूपमा मान्दै यसको सीमा पनि औंल्याएको छ । यो प्रणाली श्रमिक चेतना रस्वशासनको अभ्यासका लागि उपयोगी भए पनि पूँजीवादी बजार संरचनाभित्र सीमित रहने भएकाले पूर्ण समाजवादी लक्ष्यहरू प्राप्त गर्न पर्याप्त छैन । त्यसैले सहकारी उत्पादन प्रणालीलाई अन्तिम समाधान नभई समाजवादतर्फको एक चरणबद्ध अभ्यासका रूपमा बुझिनुपर्छ, जसलाई सफल बनाउन राज्यको स्पष्ट नीति, योजना, र संरचनात्मक परिवर्तनको आवश्यकता रहन्छ ।