नेपालको विदेशनीति सम्बन्धमा प्रमुख राजनीतिक दलहरूको दृष्टिकोण
DOI:
https://doi.org/10.3126/pranayan.v26i8.82299Keywords:
सार्वभौमसत्ता, विदेशनीति, पञ्चशील, सयुक्त राष्ट्र सङ्घ, राष्ट्रिय हीत, राजनीतिक दलAbstract
नेपालको विदेशनीतिले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । विदेशनीति ऐतिहासिक धरातलमा उभिएको गतिशील विषय भएकाले समयानुसार परिमार्जन आवश्यक हुन्छ । नेपालको विदेशनीति सम्बन्धी प्रस्तुत लेखमा गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । यस अध्ययनले राजनीतिक दलहरूको घोषणा पत्र तथा नेपालको संविधानमा उल्लेख गरिएका विदेशनीतिको व्यवस्थालाई आधार मानेर विश्लेषणात्मक र तुलनात्मक दृष्टिकोण अपनाएको छ मुलुकको हितलाई विश्व परिवेशसँग मेल खाने गरी अघि बढाउन विदेशनीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य हुन्छ । नेपालको राजनीतिक परिर्वतनसँगै सङ्घीय लोकतान्त्रिक प्रणाली र समाजवाद उन्मुख समावेशी लोकतन्त्र स्थापनाका लागि प्रमुख दलहरूको भूमिका उल्लेखनीय रहेको छ । २०७९ को आम निर्वाचनका अवसरमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक गरेका घोषणापत्रहरूमा विदेशनीति सम्बन्धी दृष्टिकोण प्रस्तुत गरिएको थियो। यस अध्ययनले ती दलहरूको विदेशनीतिको सोच, कार्यान्वयनका चुनौती तथा अस्पष्टताहरू उजागर गर्ने प्रयत्न गरेको छ । भार तसँगको सम्बन्धलाई प्राथमिकता दिइए पनि ठोस कार्यान्वयनको आधार कमजोर देखिन्छ । नीति निर्माण तहमा रहेका दलहरूले विज्ञसहितको परामर्शमा साझा नीति बनाएर अघि बढेमा नेपालको विदेशनीति थप प्रभावकारी हुन सक्छ ।