नेपालको विदेशनीति सम्बन्धमा प्रमुख राजनीतिक दलहरूको दृष्टिकोण

Authors

  • Shyam Prasad Phuyal त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं,
  • Keshab Raj Paudel त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं,
  • Bhoj Raj Aacharya महेन्द्र रत्न क्याम्पस, ताहाचल, काठमाडौं

Keywords:

सार्वभौमसत्ता, विदेशनीति, पञ्चशील, सयुक्त राष्ट्र सङ्घ, राष्ट्रिय हीत, राजनीतिक दल

Abstract

नेपालको विदेशनीतिले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । विदेशनीति ऐतिहासिक धरातलमा उभिएको गतिशील विषय भएकाले समयानुसार परिमार्जन आवश्यक हुन्छ । नेपालको विदेशनीति सम्बन्धी प्रस्तुत लेखमा गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । यस अध्ययनले राजनीतिक दलहरूको घोषणा पत्र तथा नेपालको संविधानमा उल्लेख गरिएका विदेशनीतिको व्यवस्थालाई आधार मानेर विश्लेषणात्मक र तुलनात्मक दृष्टिकोण अपनाएको छ मुलुकको हितलाई विश्व परिवेशसँग मेल खाने गरी अघि बढाउन विदेशनीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य हुन्छ । नेपालको राजनीतिक परिर्वतनसँगै सङ्घीय लोकतान्त्रिक प्रणाली र समाजवाद उन्मुख समावेशी लोकतन्त्र स्थापनाका लागि प्रमुख दलहरूको भूमिका उल्लेखनीय रहेको छ । २०७९ को आम निर्वाचनका अवसरमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक गरेका घोषणापत्रहरूमा विदेशनीति सम्बन्धी दृष्टिकोण प्रस्तुत गरिएको थियो। यस अध्ययनले ती दलहरूको विदेशनीतिको सोच, कार्यान्वयनका चुनौती तथा अस्पष्टताहरू उजागर गर्ने प्रयत्न गरेको छ । भार तसँगको सम्बन्धलाई प्राथमिकता दिइए पनि ठोस कार्यान्वयनको आधार कमजोर देखिन्छ । नीति निर्माण तहमा रहेका दलहरूले विज्ञसहितको परामर्शमा साझा नीति बनाएर अघि बढेमा नेपालको विदेशनीति थप प्रभावकारी हुन सक्छ ।

Abstract
121
PDF (Nepali)
0

Author Biographies

Shyam Prasad Phuyal, त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं,

सह–प्राध्यापक, राजनीतिशास्त्र शिक्षा 

Keshab Raj Paudel, त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं,

उप–प्राध्यापक, राजनीतिशास्त्र शिक्षा

Bhoj Raj Aacharya, महेन्द्र रत्न क्याम्पस, ताहाचल, काठमाडौं

उप–प्राध्यापक, राजनीतिशास्त्र 

Downloads

Published

2025-08-05

How to Cite

Phuyal, S. P., Paudel, K. R., & Aacharya, B. R. (2025). नेपालको विदेशनीति सम्बन्धमा प्रमुख राजनीतिक दलहरूको दृष्टिकोण. Pranayan प्रणयन, 26(8), 43-55. https://doi.org/10.3126/pranayan.v26i8.82299

Issue

Section

Articles

How to Cite

Phuyal, S. P., Paudel, K. R., & Aacharya, B. R. (2025). नेपालको विदेशनीति सम्बन्धमा प्रमुख राजनीतिक दलहरूको दृष्टिकोण. Pranayan प्रणयन, 26(8), 43-55. https://doi.org/10.3126/pranayan.v26i8.82299