धवलागिरिको साहित्यिक इतिहाससँग जोडिएका सन्दर्भहरू

Authors

  • दिनबहादुर Dinbahadur थापा Thapa धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

Keywords:

साहित्य, स्वायत्तीकृत, उपजीव्य, प्रागैतिहासिक

Abstract

नेपाली साहित्यको इतिहासमा धवलागिरि क्षेत्रको आफ्नै मौलिक पहिचान छ । धवलागिरि क्षेत्रको साहित्यसँग यहाँका प्रागैतिहासिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, संस्थागत र वैयक्तिक सन्दर्भहरू जोडिएका छन्। साहित्यसँग जोडेर यिनै विभिन्न सन्दर्भहरूको खोजी गर्नु यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । नेपाली साहित्यको इतिहासलाई प्राथमिक, माध्यमिक र आधुनिक गरी तीन चरणमा विभाजन गरिएको छ । धवलागिरि क्षेत्रको साहित्यिक इतिहासलाई पनि यिनै तीन चरणमा अध्ययन गरिएको छ । यो अध्ययनमा पुस्तकालयीय, जातिभाषिक र क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरी यी विभिन्न सन्दर्भहरूको खोजी गर्ने प्रयत्न गरिएकोछ । घाटु, सोरठी, गोविचन, थानहरू, लोकसाहित्य आदि यस क्षेत्रका प्रागैतिहासिक किंवदन्ती हुन्भने कोटेराज्यहरूसँग यहाँको ऐतिहासिक सन्दर्भ जोडिएको छ । यस क्षेत्रमा बसोबास गर्ने जातजाति र तिनका विभिन्न गतिविधिहरू सामाजिक र सांस्कृतिक सन्दर्भहरू हुन्। यहाँको छाँगा–छहरा, हिमालहरू, वनजङ्गल, हरियाली पार्क आदि प्राकृतिक सन्दर्भहरू हुन्। विद्यालय, पुस्तकालय, क्याम्पस, सङ्घसंस्थानहरू आदि संस्थागत सन्दर्भहरूहुन्भने नेपाली साहित्यका धरोहर मानिने कवि वीरशाली पन्त, प्रेमनिधि पन्त, कालीभक्त पन्त, भूपी शेरचन, कृष्णबम मल्ल, मोहनबहादुर मल्ललगायतका व्यक्तित्वहरू पनि यसै क्षेत्रका वैयक्तिक प्रतिभा हुन्। यिनै विभिन्न सन्दर्भहरूको खोजी गर्ने प्रयास यो आलेखमा गरिएको छ ।

Abstract
357
PDF
0

Author Biography

दिनबहादुर Dinbahadur थापा Thapa, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

नेपाली विभाग

Downloads

Published

2023-11-02

How to Cite

थापा Thapa द. D. (2023). धवलागिरिको साहित्यिक इतिहाससँग जोडिएका सन्दर्भहरू. Pragnya Sarathi , 21(1), 1-10. https://doi.org/10.3126/ps.v21i1.59647

Issue

Section

Articles

How to Cite

थापा Thapa द. D. (2023). धवलागिरिको साहित्यिक इतिहाससँग जोडिएका सन्दर्भहरू. Pragnya Sarathi , 21(1), 1-10. https://doi.org/10.3126/ps.v21i1.59647