पन्चासे क्षेत्रमा पर्यटन विकासका सम्भावना तथा चुनौतीहरू

Authors

  • हिरालाल Heeralal रेग्मी Regmi धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

Keywords:

कुटी, जैविकविविधता, पर्यटन, पन्चासे, सिद्धथान

Abstract

नेपालमा मानवीय सभ्यतासँग जोडिएका अनेकौँ प्राकृतिक स्थलहरू रहेका छन्। पूर्वीय संस्कृति तथा हिन्दू धर्मसँग सम्बन्धित वाङ्मयमा नेपालका विभिन्न क्षेत्रहरूका बारेमा उल्लेख गरिएको पाइन्छ । यिनै विभिन्न स्थलहरूमध्येको पर्वत, स्याङ्जा र कास्की जिल्लाको सङ्गमस्थलमा अवस्थित पन्चासेक्षेत्र हो । खास गरेर स्थानीयबासीहरूले बालाचतुर्दशीका दिन पन्चासेमा रहेको ताल र सिद्धथानसम्मको विभिन्न क्षेत्रमा सत्बीज छर्दै आएको परम्परालाई वैदिक युगसँग जोडिएका तथ्य फेला पर्नुले यस क्षेत्रको पौराणिक महत्त्वलाई थप उचाइ प्राप्त गर्ने आधार प्रदान गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्रलाई आर्थिक तथा पर्यटन विकासको समेत आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । जैविक विविधतायुक्त यो क्षेत्र प्राकृतिकरूपले सुन्दर रहेको छ । यहाँस्थित विभिन्न कुटीहरू, सिद्धथान, पन्चासे ताल, प्राचीन संरचनाहरू, पुराणहरूसँग जोडिएका प्रसङ्गहरू नै पन्चासेक्षेत्रका पर्यटन विकासका आधारका रूपमा रहेका छन्। पर्वत, स्याङ्जा र कास्की जिल्लाका सदरमुकामहरूबाट सहज रूपमा पुग्न सकिने यो क्षेत्रलाई योग, ध्यान र साधनाकेन्द्रका रूपमा विकसित गर्न सकिने देखिन्छ । प्रसिद्ध पन्चासेक्षेत्रको प्राकृतिक, वैदिक तथा सांस्कृतिक विशेषताका बारेमा विमर्श गर्नुका अतिरिक्त पन्चासेक्षेत्रमा पर्यटन प्रबद्र्धन तथा आर्थिक विकासको सम्भाव्यता पहिचान गर्ने जस्ता उद्देश्य पूरा गर्नेगरी यो आलेख तयार गरिएको छ । पन्चासे क्षेत्रको सांस्कृतिक, पौराणिक तथा प्राकृतिक विशेषता केकस्तो रहेको छ ? पन्चासे क्षेत्रमा पर्यटन व्यवसायका केकस्ता सम्भावना तथा चुनौतीहरू रहेका छन्? यहाँका सम्पदाहरूको वर्तमान सन्दर्भमा केकति महत्त्व रहेको छ ? भन्ने जस्ता समस्याकथनमा केन्द्रित रही यस क्षेत्रका बारेमा प्रकाशित विभिन्न पुस्तकहरू, बुद्धिजीवीहरूका राय तथा परामर्श, स्थलगत अवलोकनलगायतबाट प्राप्त सूचना साथै प्रचलित जनश्रुतिहरूको सङ्कलन गरी प्राप्त सूचना तथा तथ्यहरूका आधारमा पुस्तकालयीय विधिको समेत प्रयोग गरी वर्णनात्मक र विश्लेषणात्मक ढाँचामा यो आलेख तयार गरिएको छ ।

 

Abstract
337
PDF
0

Author Biography

हिरालाल Heeralal रेग्मी Regmi, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

अर्थशास्त्र विभाग

Downloads

Published

2023-11-02

How to Cite

रेग्मी Regmi ह. H. (2023). पन्चासे क्षेत्रमा पर्यटन विकासका सम्भावना तथा चुनौतीहरू . Pragnya Sarathi , 21(1), 18-26. https://doi.org/10.3126/ps.v21i1.59649

Issue

Section

Articles

How to Cite

रेग्मी Regmi ह. H. (2023). पन्चासे क्षेत्रमा पर्यटन विकासका सम्भावना तथा चुनौतीहरू . Pragnya Sarathi , 21(1), 18-26. https://doi.org/10.3126/ps.v21i1.59649