माया ठकुरीको ‘बोक्सी’ कथामा नारी उत्पीडन

Authors

  • Januka Koirala

DOI:

https://doi.org/10.3126/ps.v23i1.77514

Keywords:

आधिपत्य, दमन, पक्षपोषण विरासत, समता

Abstract

प्रस्तुत लेख मूलतः कथाकार माया ठकुरीको ‘बोक्सी’ कथाको सांस्कृतिक अध्ययनमा केन्द्रित छ । आधुनिक नेपाली कथाको क्षेत्रमा छवटा कथासङ्ग्रह प्रकाशित गरेर कथाकार ठकुरी नेपाली कथा क्षेत्रमा बलियो पहिचान निर्माण गर्न सफल भएकी छन् । नेपाली आधुनिक कथामा विशिष्ट योगदान पु¥याए तापनि उनको कथाकारिताको नारीवादी कोणबाट यथेष्ट अनुसन्धान भएको पाइँदैन । यो लेख माया ठकुरीको ‘बोक्सी’ कथाको नारीवादको नारी उत्पीडन अन्तर्गत केट मिलेटको आमूल नारीवादी सैद्धान्तिक मान्यतालाई आधार मानी तयार पारिएको छ । नारी उत्पीडन सम्बन्धी अवधारणा नारीवादी साहित्यिक समालोचनासँग सम्बन्धित छ । यसै मान्यताका आधारमा जैविक उत्पीडन, सामाजिक उत्पीडन र यौनिक उत्पीडनका आधारमा बोक्सी कथाको सूक्ष्मतापूर्वक अध्ययन गरेर यो लेख तयार पारिएको छ । नारी उत्पीडन नारीवादभित्रकै एउटा पक्ष हो । यसमा कथाकारले तत्कालीन समाजमा बोक्सीका नाममा नारीले भोग्नुपरेका समस्या र हिंसालाई प्रस्तुत गरेकी छन् । कथामा नारी उत्पीडनको खोजी गरेर विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य हो । कथाकोे नारीवादी विश्लेषणमा विद्रोह र क्रान्तिमात्र महत्त्वपूर्ण नभएर नारी उत्पीडन पनि उत्तिकै महत्त्वपूर्ण भएको हुनाले नारी उत्पीडनका दृष्टिले यो कथा अध्ययनीय छ ।

Downloads

Download data is not yet available.
Abstract
90
PDF
33

Author Biography

Januka Koirala

Januka Koirala (Urmila) is pursuing MPhil degree form Tribhuvan University, Nepal. Nepali literature is her area of interest.

Downloads

Published

2025-04-10

How to Cite

Koirala, J. (2025). माया ठकुरीको ‘बोक्सी’ कथामा नारी उत्पीडन. Pragnya Sarathi प्रज्ञा-सारथि, 23(1), 39–46. https://doi.org/10.3126/ps.v23i1.77514

Issue

Section

Articles