धुवाँकोटे फलामखानीको ऐतिहासिक परिदृश्य, परम्परागत उत्खनन् प्रविधि तथा व्यावसायिक प्रयोजनको सम्भावना

Authors

Keywords:

आफर, ओसारे, उत्खनन्, धाउ, फलामखानी, सुरुङ

Abstract

नेपाल प्राकृतिक साधन–स्रोतले सम्पन्न देश भए तापनि खनिज सम्पदाको वैज्ञानिक पहिचान, उत्खनन् र व्यावसायिक उपयोग सीमित रहेको छ। पर्वत जिल्लाकोे महाशिला गाउँपालिका–६ स्थित धुवाँकोटे फलामखानी ऐतिहासिक तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण खानीका रूपमा चिनिन्छ । यस अध्ययनमा धुवाँकोटे फलामखानीको ऐतिहासिक विकासक्रम, परम्परागत उत्खनन् तथा प्रशोधन प्रविधि, खानी बन्द हुनुका कारण तथा आधुनिक प्रविधिमार्फत पुनः सञ्चालनको सम्भावनाका बारेमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधिमा आधारित रही द्वितीयक स्रोत, स्थलगत अवलोकन तथा स्थानीयहरूसँग लिइएको अन्तर्वार्ताबाट प्राप्त सूचनाका आधारमा फलामखानीको विश्लेषण गरिएको छ । खनिज स्रोत सम्बन्धमा यसअघि गरिएका विभिन्न अध्ययनहरूले पर्वत जिल्लामा रहेका खनिज स्रोतहरू तथा पश्चिम नेपाल र पाण्डवखानीका ऐतिहासिक फलामखानीहरूको परिचयसहित खानी उत्खनन्मा प्रयोग हुने परम्परागत र स्थानीय प्रविधिको प्रयोग, महत्त्व एवं फलामखानीको विविध पक्षका बारेमा महत्त्वपूर्ण जानकारी दिए तापनि वर्तमान समयमा खानी उत्खनन् र व्यावसायिक प्रयोजनार्थ पुनः सञ्चालनको सम्भावनाबारे सिमित चर्चा भएकोे पाइएकोले यस अध्ययनले उक्त अभावलाई पूरा गर्ने अपेक्षा गरिएको छ । ऐतिहासिक रूपमा यो खानी बाइसी–चौबीसी राज्यकालदेखि नै तत्कालीन पैयुँ राज्यको आम्दानी र स्थानीय रोजगारीको प्रमुख स्रोतका रूपमा रहेको पाइन्छ । आधुनिक प्रविधिको प्रयोग नहुनु, वन स्रोतको कमी, खानीकरमा वृद्धि, खानी उत्खनन्मा युवा पुस्ताको आकर्षण नहुनु, बैदेशिक रोजगार, बसाइँसराई तथा आयातित फलामजन्य सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नुजस्ता कारणले वि.सं. २०१४ पछि यो खानी बन्द भएको पाइन्छ । यद्यपि फलामखानी क्षेत्रको भूगर्भीय संरचनाअनुसार यहाँ पर्याप्त मात्रामा फलामको धाउ रहेको अनुमान गरिएको छ । आधुनिक, वातावरणमैत्री तथा समुदायमैत्री प्रविधिको प्रयोग गरी खानी उत्खनन्को कार्य पुनः सञ्चालन गर्न सकिएमा यो खानी स्थानीय पालिका एवं राष्ट्रिय अर्थतन्त्रका लागि दिगो आम्दानीको स्रोत बन्न सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
88
PDF
0

Author Biography

Hiralal Regmi, Dhawalagiri Multiple Campus, Tribhuvan University

Hiralal Regmi is lecturer in Economics and working in Department of Economics of Dhawalagiri Multiple Campus, Baglung, Tribhuvan Univeristy, Nepal. Currently, Regmi is assistant campus chief of Dhawalagiri Multiple Campus, Baglug.

Downloads

Published

2026-04-15

How to Cite

धुवाँकोटे फलामखानीको ऐतिहासिक परिदृश्य, परम्परागत उत्खनन् प्रविधि तथा व्यावसायिक प्रयोजनको सम्भावना. (2026). Pragnya Sarathi , 24(1), 157-172. https://doi.org/10.3126/ps.v24i1.92779

Issue

Section

Articles

How to Cite

धुवाँकोटे फलामखानीको ऐतिहासिक परिदृश्य, परम्परागत उत्खनन् प्रविधि तथा व्यावसायिक प्रयोजनको सम्भावना. (2026). Pragnya Sarathi , 24(1), 157-172. https://doi.org/10.3126/ps.v24i1.92779